मेचीनगर, १५ पुस । मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो-नेपाल मेचीनगर मिडियाकप’ को लाेगो सार्वजनिक गरिएको छ ।
प्रेस क्लब मेचीनगरको कार्यालयमा मंगलबार आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो ।
लोगो ट्रफी आकारमा छ । त्यसभित्र सबैभन्दा माथि फुटबल र फुटबल भित्र मेचीनगरका पर्यटकीय स्थलहरु समावेश छन् ।
लोगोकोबीच भागमा नेपाल र भारतको झण्डा अंकित छ ।
उक्त लोगोले नेपाल- भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन संन्देश प्रवाह गरेको छ ।
क्लब अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर-७ का वडाध्क्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले बाेलेका थिए ।
प्रतियोगिता यही पुस २७ र २८ गते हुन लागेको मिडियाकपमा भारतका दुईगरी झापाका ८ वटा पत्रकारको टिम सहभागी हुने छन् ।
विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार रुपैयाँ, शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
क्लबका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।




Discussion about this post