
झापा, १८ पुस । भद्रपुर-८ स्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको विमान रन-वेबाट चिप्लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख
राजन लिम्बुले विमान रन-वे भन्दा करिव ३०० मिटर बाहिर गएको बताए ।
उनका अनुसार ग्राउण्ड छाडेर पानीको खाेल्सीमा गएर अडकेकाे छ ।
काठमाडौंबाट आज राति ८:२३ वजे भद्रपुरका लागि उडेकाे विमान अवतरणका क्रममा ९:१० वजे रन-वेबाट चप्लिएको हो ।
एटिआर ७२ बुद्ध ९०१ विमानमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।
विमान खाेल्सीमा अडकिए पनि मानविय क्षति भने नभएको उनले जानकारी दिए ।




Discussion about this post