


मेचीनगर, २० माघ । महिला जन चेतना केन्द्रले कम उमेरमा नै बालविवाह गर्न हुँदैन भनेर आजदेखि मेचीनगरमा स्वास्थ्य स्वयंसेविकाहरूसँग अभियान थालेकाे छ ।
केन्द्रले साे अभियान मेचीनगर नगरपालिका, बाह्दशी र कचनकवल गाउँपालिकामा गर्ने भएको छ ।
यसअघि केन्द्रले ती पालिकाहरूका अभिभावकहरूसँग साेही विषयमा अन्तरक्रिया चलाएकाे थियाे ।
मंगलबार मेचीनगरका १५ वटै वडाका स्वयंसेविकीहरूसँग कम उमेरमा विवाह गर्न बाध्य पार्नु र गराउनु अपराध हाे भन्ने कुरालाई सचेतताका पूर्वक छलफल गरिएको थियाे ।
बालविवाह गर्नु कानुनी कारवाहीकाे भागेदार पनि बन्नु हाे । बाल अधिकार हनन् गर्नु पनि कानुन मिच्नु हाे भन्ने कुरा आम नागरिकलाई बुझाउँनु पर्छ ।
छलफलमा केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की, अध्यक्ष सीता गुरूङ लगायतले कम उमेरमा हुने बालविवाह न्यूनिकरणका लागि, बाल अधिकार, हिंसा लगायतमा संस्था लागि परिरहेकाे र सबैकाे सहकार्यमा मात्र याे सम्भव हुने कुरालाई जाेड दिएका थिए ।




Discussion about this post