

मेचीनगर, २१ माघ । मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीले गाउँमा कसैले हेप्याे भने पत्रकार बाेलाउँछु भनेर डर देखाउँने गरेकाे बताएका छन् ।
आज काँकरभिट्टा क्याम्पसमा आयोजना गरिएको प्रेस क्लब मेचीनगरको ११औँ वार्षिक साधारण सभामा नगरप्रमुख बुढाथोकीले यस्ताे बताएका हुन् ।
पत्रकार समाजकाे ऐना भएकोले जुन सुकै समस्यामा खवरदारी गर्न पछि नपर्न उनकाे सुझाव छ ।
´समाजले पत्रकारप्रति आशा गरेकाे हुन्छ`, बुढाथोकीले भने-´सही, सत्य र निश्पक्ष कुरालाई प्रवर्द्धन गर्नु पर्छ ।`
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल पत्रकार महासंघ झापा कोषाध्यक्ष मुक्ति पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य अर्जुन कार्की, कान्तिपुर कोशी प्रदेश प्रमुख पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष डम्बर बराल लगायतको आतिथ्यता रहेको थियो ।
सभाकाे प्रतिवेदन लेखन समितिको संयोजकमा संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला तथा सदस्यहरूमा झुलन रेग्मी र युवराज आचार्य रहेका थिए ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष खगेन्द्र घिमिरेले र सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।




Discussion about this post