२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

‘राष्ट्रपति रनिङ शिल्ड’को लगातार विजेता बन्दै धुलाबारी मावि

फाल्गुन १, २०८२, ४:१६ .शुक्रबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ फागुन । छैटौँ मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  धुलाबारी माविले प्रथम स्थान हासिल गरेको छ ।

४२ विद्यालय सहभागी प्रतियोगितामा धुलाबारीले २३ स्वर्ण, १५ रजत र ७ काश्य गरी कुल ४५ पदकसहित प्रथम स्थान हासिल गरेको हो ।
योसँगै धुलाबारी माविले लगातार ६ पटक रनिङ शिल्ड जित्ने विद्यालयको रेकर्ड बनाएको छ ।

त्यस्तै १२ स्वर्ण, १३ रजत र २२ काश्य गरी कुल ४७ पदकसहित बाल सुबोधिनी माविले दोस्रो स्थान हासिल गरेको छ । ८ स्वर्ण, ६ रजत र १ काश्यसहित १५ पदक ज्यामिरगढी मावि तेस्रो भयो ।

५ स्वर्णसहित हिमालयन एकाडेमी चौथो हुँदा ४ स्वर्ण जित्दै आदर्श विद्या मन्दिर पाँचौ र ३ स्वर्णको साथ पवित्र मावि छैटौँ भए । २ स्वर्णसहित लिटल एन्जल्स अंग्रेजी मावि सातौँ स्थानमा रह्यो ।

त्यस्तै १ स्वर्णसहित ११ पदक जितेको इष्ट होराइजन आठौँ, १ स्वणर्सहित ९ पदक जितेको आदर्श मावि नवौँ र १ स्वर्णसहित ७ पदक जितेको मेची जनसाधारण मावि दशौँ भयो ।

त्यस्तै १ स्वर्णसहित ६ पदकको साथ काँकरभिट्टा मावि एघारौँ, १ स्वर्णसहित २ पदकको साथ पुर्वान्चल इङ्लिस स्कुल बाह्रौँ भयो ।
त्यसैगरी दन्तकाली, नर्थपोइन्ट, गंगा मेमोरियल र एभरेष्ट भ्यू अंग्रेजी मावि १ स्वर्णसहित क्रमश १३औँ, १४ औँ, १५ औँ र १६ औँ स्थानमा रहे ।

अन्य विद्यालयले स्वर्ण हात पार्न सकेनन् । काश्य र रजत सहित कुल ३३ विद्यालयले पदक हात पार्दा सहभागी मध्ये १० विद्यालय पदक बिहीन रहन पुगे ।

छात्र भलिबलमा एभरेष्ट भ्यू अंग्रेजी मावि च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा धुलाबारी माविलाई तेस्रो सेटमा पराजित गर्दै एभरेष्ट च्याम्पियन बनेको हो । जीत हासिल गरेसँगै एभरेष्टले लामो समयदेखि भलिबलमा कायम राख्दै आएको धुलाबारी माविको वर्चस्व तोडेको छ ।

यता छात्रा भलिबलमा भने धुलाबारी मावि पहिलो भएको छ । फाइनलमा पूर्वाञ्चल इङ्लिस स्कुललाई सोझो सेटमा पराजित गर्दै धुलाबारी पहिलो बनेको हो ।

हिमालयन एकाडेमीलाई पराजित गर्दै थेसिस अंग्रेजी माविले छात्रातर्फ तेस्रो स्थान हासिल गर्यो । छात्रा भलिबलमा १६ टिम सहभागी हुँदा छात्रतर्फ २० टिम सहभागी थिए । त्यस्तै अर्को समूह खेल अन्तर्गत छात्र कबड्डीमा धुलाबारी मावि पहिलो बन्यो ।

बाल सुबोधिनी माविलाई पराजित गर्दै धुलाबारी च्याम्पियन बनेको हो । आदर्श मावि र बलभद्र जनाता मावि तेस्रो स्थान हासिल गरे ।
यस्तै छात्रातर्फ बाल सुबोधिनीले प्रथम स्थान हासिल गर्यो । बाल सुबोधिनीले धुलाबारीलाई हराउँदै पहिलो बनेको हो ।

तेस्रो स्थान हिमालयन एकाडेमी र अरनिको मावि भए । बुधबारबाट सुरुभएको छैटौँ नगरस्तरीय प्रतियोगिताको समापन समारोह शुक्रवार साँझ सम्पन्न भएको छ ।

विजेतालाई समापन समारोहकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामनासहित पुरस्कार वितरण गरेका थिए ।

नगर खेलकुद विकास समिति अध्यक्ष तथा आयोजक मुल समिति संयोजक हृदय राजवंशीको अध्यक्षतामा सम्पन्न समापन समारोह तथा समग्र प्रतियोगिताको सञ्चालन काँकरभिट्टा माविकी शिक्षक शुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् ।

 

पछिल्लो समाचार

आयोजक झापा–११ लाई हराउँदै एपिएफ फाइनलमा

अघिल्लो समाचार

बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.