२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अमेरिकाको आक्रमण

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु

फाल्गुन १८, २०८२, ३:२७ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

तेहरान, १७ फागुन । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले आधिकारिक रूपमा पुष्टि गरेको छ ।

८६ वर्षीय खामेनीको मृत्युको खबर सार्वजनिक भएसँगै इरान सरकारले देशभर ४० दिनको राष्ट्रिय शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको छ ।

खामेनीको मृत्युलाई लिएर सुरुमा केही अन्योल देखिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मार्फत खामेनी मारिएको दाबी गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले एनबीसी न्यूजसँग कुरा गर्दै आफ्ना नेता पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको भन्दै ट्रम्पको दाबीलाई गलत बताएका थिए ।

अन्ततः इरानको सरकारी टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको जानकारी दिए । फार्स न्यूज एजेन्सीका अनुसार खामेनी शनिबार विहान सबेरै आफ्नै कार्यालयमा ‘आफ्नो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा’ मारिएका हुन् ।

सन् १९८९ देखि इरानको सर्वोच्च पदमा रहेका खामेनी इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारी हुन् ।

इरानको सेना, न्यायपालिका र सरकारका हरेक निर्णयमा उनको अन्तिम अधिकार रहन्थ्यो । आफ्नो शासनकालमा उनले पश्चिमा देशहरू, विशेषगरी अमेरिका र इजरायलसँग कडा शत्रुतापूर्ण सम्बन्ध राखे । उनले अमेरिकालाई इरानको नम्बर एक शत्रुु घोषणा गरेका थिए ।

उनको शक्तिको मुख्य खम्बा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र बासिज अर्धसैनिक बल मानिन्थ्यो । खामेनीले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दावी गर्दै आए पनि इजरायल र अमेरिकाको ट्रम्प प्रशासनले उनलाई आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका थिए ।

जुन २०२५ को १२ दिने युद्ध र फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणले मध्यपूर्वमा तनाव उत्कर्षमा पुर्याएको थियो । इजरायली रक्षामन्त्री इजरायल काट्जले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै उनलाई सत्ताबाट हटाउनु इजरायलको प्रमुख उद्देश्य भएको बताएका थिए ।

फेब्रुअरी २८ को आक्रमणमा इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । खामेनीको यो अवसानले मध्यपूर्वको राजनीतिमा अब कस्तो मोड लिनेछ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ ।

पछिल्लो समाचार

पारिजातले दियाे एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार 

अघिल्लो समाचार

सूर्योदय स्कुल च्याम्पियन

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.