मेचीनगर, १८ फागुन । ‘हिमालयन इन्टर स्कूल` फुटबल च्याम्पियन सीपको उपाधि सूर्योदय इङ्लिस बोर्डिङ स्कूल काँकरभिट्टाले जितेको छ ।
मेचीनगर-१०, धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीले आयोजना गरेकाे उक्त फुटबलमा सूर्योदयले उपाधि हात पारेकाे हाे ।
फाइनल खेलमा सूर्याेदयले एभरेष्ट भ्यु इङ्लिस बोर्डिङ स्कूल ईटाभट्टालाई पराजित गरेकाे थियाे ।
सूर्योदयले नगद १० हजारसहित ट्रफी र प्रमाण प्राप्त गरेको छ । उपविजेता एभरेष्टले नगद ५ हजार रुपैयाँमा चित्त बुझायाे ।
फुटबल प्रतियोगितामा मेचीनगरका १८ वटा विद्यालयकाे टिम सहभागी भएको प्रिन्सिपल जगतबहादुर तामाङले जानकारी दिए ।
विद्यालयका निर्देशक कमलप्रसाद कोइरालाको अध्यक्षता तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर प्याब्सनका अध्यक्ष विक्रम क्षेत्री, ल्होत्से स्कूलका निर्देशक धनराज थापा, रोलिङ क्लब धुलाबारीका अध्यक्ष नोभेम्बर नेम्वाङ, रिदम क्लब मेचीनगरका अध्यक्ष रुद्रकुमार रोक्का लगायतको आतिथ्यता रहेको थियो ।
विद्यार्थी पूजा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रस्तुती भण्डारीले गरेकी थिइन् ।




Discussion about this post