काँकरभिट्टा, १९ फागुन । विहीबार हुने प्रतिनिधि सभा सदस्यकाे चुनावका लागि सीमा नाका हिजाे रातिदेखि बन्द छ ।
फागुन १८ गते साेमबार राति १२ वजेदेखि २१ गते राती १२ वजे सम्मका लागि बाेर्डर शील गरिएको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निमेश चाँपागाईका अनुसार बाेर्डर शील भए पनि सिकिस्त विरामी बाहेक जाे काेहीलाई नेपाल- भारतबाट आउन-जान राेक लगाईएकाे छ ।
सुरक्षा समिति झापाले जिल्लाकाे १४८ किलोमिटर सीमा नाकामा विरामी बाहेकलाई आउन तथा जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे चाँपागाईकाे भनाई छ ।
तर, मंगलबार दिउँसो सुरक्षाकर्मीले भारतबाट नेपाल आएका नेपाली र नेपालबाट भारत हिडेका भारतीय नागरिकलाई आवश्यक डकुमेन्ट देखाएर जान दिईरहेकाे छ ।
पर्सी फागुन २१ गते हुने चुनावका लागि सीमा नाकामा कडाई गरिएको छ ।
आज फागू पूर्णिमा पनि भएकोले सवारी साधानहरू चलेका छैनन् । नाका बन्द भएको कारण काँकरभिट्टा बजार सुनसान बनेकाे छ ।





Discussion about this post