मेचीनगर, १९ फागुन । पर्सी हुने प्रतिनिधि सभा सदस्यकाे चुनावका लागि झापा-१ का सबै मतदान स्थलमा बाँसकाे घेरा लगाउने काम भइरहेको छ ।
फागुन २१ गते विहीबार हुने चुनावका लागि झापा क्षेत्र नं.१ मा ४५ मतदान केन्द्र र १४५ मतदान स्थल रहेकाे छ ।
निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरका मुख्य निर्वाचन अधिकृत गाेपी विश्वकर्माले सबै मतदान स्थलकाे सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए ।
उनका अनुसार मतपत्रहरू पनि सबै मतदान केन्द्रमा पुगिसकेकाे छ । मतदान विहान ७ वजेदेखि बेलुका ५ वजेसम्म हुने उनले बताए ।
झापा-१ मा एक लाख ३१ हजार ६७ जना मतदाता रहेका छन् ।




Discussion about this post