मेचीनगर, २४ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको चुनावमा झापाको पाँच वटै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरले जीत हासिल गरेको छ ।
झापाबाट राष्ट्र हाक्ने हेभिवेटहरुलाई रास्वपाका सामान्य नेताहरुले यसपटकको चुनावमा हराईदिएका हुन् ।
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मत प्राप्त गरेर जित्दै गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत प्राप्त गरेर गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका लालप्रसाद साँवा लिम्बू (एलपी) ले ११ हजार ९१६ मतमा चित्त बुझाउनु पर्यो ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि हर सामना गर्नु पयो । झापा–३ मा रास्वपाका प्रकाश पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेर जित्दा उनका निकटतम प्रतिस्पर्धी लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरे ।
यसैगरी, झापा–२ मा संघीय संसदका पूर्व सभामुख र पूर्व उपसभामुखबीच प्रतिस्पर्धा भएको थियो । पूर्व उपसभामुख रास्वपाकी इन्दिरा राना मगर ६० हजार ११० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पूर्व सभामुख नेकपा एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका थिए ।
यस्तै, झापा–१ बाट रास्वपाकी निवर्तमान सांसद निशा डाँगी फेरि संसदको यात्रामा विजयी भएकी छन् । यसअघि समानुपातिकबाट सांसद भएकी डाँगीले ४५ हजार ६८० मतसहित निर्वाचित हुँदै गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत मात्र प्राप्त गरेका थिए ।




Discussion about this post