झापा, २९ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार विहान काठमाडौं स्थित गठ्ठाघर स्थित नेपाल–कोरियन अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए ।
आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय ओलीका दुई छोरा तथा तीन जना छोरीहरु छन् ।
एमालेका अध्यक्ष ओलीको बुबाको निधनमा शिर्षनेताहरुले समवेदना व्यक्त गरेका छन् ।




Discussion about this post