
काँकरभिट्टा, ३० फागुन । खुल्ला बाेेर्डरका कारण नकलबन्दाबाट गाई-गाेरू, सुपारी, चाइनिज लसुन लगायतका सामान भारत तस्करी भइरहेकाे छ ।
उताबाट पनि हाडवेयर, कपडा, खाद्यान्नका सामानहरू पनि आइरहेकाे छ । तर, सीमा नाकामा रहेका प्रहरीहरू मुकदर्शक भएर बसेका छन् ।
मेचीनगर-६ स्थित नकलबन्दा चाेक नजिकैबाट तस्करले गाई, गाेरू, राँगा, भैसीकाे लागि टहरा बनाएर राखेका छन्रा ।
राति भारत तस्करी गर्दा समेत नेपाल प्रहरी, सशस्त्र प्रहरीहरू आँखा नदेखे जस्ताे गर्नुकाे पछाडि के छ कारण भन्दै जनगुनासाे रहेकाे छ ।
बुद्वशान्ति, खुदुनाबारी, दमक, इलाम लगायतका जिल्लाबाट राति करिव ७ वजे ल्याइएका रागाँ-भैसीहरू साे टहरामा राख्ने गरिएको छ ।
अनि राति नै करिव ११ देखि १ वजेकाे बीचमा मेची खाेलाबाट भारत कटाउने गरिएको छ ।
करिव २०० वटा भन्दा बढीकाे संख्यामा ती राँगा-भैसीहरू हप्तामा ३ दिनजति तस्करले भारत लाने गरेका छन् ।
नकलबन्दामा नेपाल प्रहरीकाे चाैकी र सशस्त्र प्रहरीकाे पाेष्ट छ । चाैकीका प्रहरी नायव निरीक्षक (सई) असाेक चाैहान र पाेष्टका सशस्त्रका सई सूर्य श्रेष्ठले खुल्ला बाेर्डरका कारण आँखा छलेर लान्छन् । तर, पनि हामीले राेक्ने सक्दाे प्रयास गरिरहेकाे जानकारी दिए ।
उनीहरूले आँखा अगाडि भारतबाट भन्सार छलेर आएका कपडा, सिमेन्ट, माेटरपार्टस, दाल, मटर तथा यताबाट गाई-गाेरू, सुपारी, चाइनिज लसुन भारत गइरहेकाे देख्दैनन् ।
यसाे त झापाकाे भारतसँगकाे १४८ किलोमिटर खुल्ला सीमा नाकाकाे विभिन्न ठाउँबाट तस्करहरूले भन्सार छलेर र प्रतिबन्धित सामानहरू लाने-ल्याउने गरिरहेका छन् ।
सशस्त्र सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी विकास थापा मगरका अनुसार यस विषयमा जनगुनासाे आइरहेकाे छ, खाेजी गरिरहेका छाैं । राेक्ने प्रयास जारी छ ।




Discussion about this post