२८ चैत्र २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

तक्षशिला महोत्सव ३.०  ऐतिहासिक 

चैत्र १, २०८२, ४:४९ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३० फागुन । तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न गरेको छ।

तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कूल बिर्तामोडले शनिबार  नवप्रवर्तन, विश्वस्तरीय शैक्षिक पहल तथा उल्लेखनीय उपलब्धिहरूलाई उत्सवका रूपमा मनाउँदै ८०० भन्दा बढी विद्यार्थी संख्या पार गरेको ऐतिहासिक अवसरमा तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न गरेको हाे ।

यस उपलब्धिले विद्यालयलाई समग्र तथा भविष्यकेन्द्रित शिक्षामा अग्रणी संस्थाका रूपमा पुनः स्थापित गरेको छ।

विद्यालयले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा समग्र शिक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दै विभिन्न मनोरञ्जनात्मक खेल, उपहार तथा आकर्षक गतिविधिसहित तक्षशिला महोत्सव ३.० सफलतापूर्वक आयोजना गरेको हो ।

कार्यक्रममा तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलका अध्यक्ष दुर्गा प्रसाई प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा  बीएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिका मेडिकल डाइरेक्टर प्रा.डा.बलभद्र प्रसाद दासकाे विशेष आतिथ्यता थियाे ।

साथै, कार्यक्रममा अतिथि, विशिष्ट अतिथि, अभिभावक र  विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयको शैक्षिक यात्रामा महत्त्वपूर्ण तीन उपलब्धिहरूको विशेष उद्घाटन समारोह सम्पन्न गरिएको थियो । जस्मा इन्टरनेशनल, ब्याकलोरियट (आइवी) क्यान्डिडेसीको शुभारम्भ र आइवी पिवाईपीको अर्डिनेटर शडेनिस बी रोजारियोको नेतृत्वमा सुरु गरिएको यस पहलले विद्यालयको अनुसन्धानमा आधारित तथा विश्वमान्य शिक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डको प्रारम्भ माइकल सामातारायको मार्गदर्शनमा सञ्चालन हुने यो प्रतिष्ठित अन्तर्राष्ट्रिय युवा विकास कार्यक्रमले नेतृत्व क्षमता, धैर्यता तथा जीवनोपयोगी सीपको विकासमा सहयोग पुर्‍याउनेछ।

इन्टरनेशनल एजुकेशन ओलम्पियाड (आइओ) परीक्षा विजेताहरूलाई सम्मान, क्षेत्रीय तथा कक्षास्तरका उत्कृष्ट विद्यार्थीहरूलाई विशिष्ट अतिथिहरूद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रोबोटमार्फत अतिथिहरूलाई खादा अर्पण, ड्रोनमार्फत पुष्पवृष्टि तथा रोबोटद्वारा अतिथिहरूलाई जुस सेवा प्रदान गरिएको थियो ।

यी गतिविधिहरूकाे विद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) टोली तथा विद्यार्थीहरूको सहकार्यमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा वर्ल्ड स्कूल समिट (डब्लुएसएस) अवार्ड पनि औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

विद्यालयका अध्यक्ष दुर्गा प्रसाईले क्षेत्रीय उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै सबै विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको दिशामा अघि बढ्न प्रेरित गरेका थिए ।

कार्यक्रममा विज्ञान प्रदर्शनी मार्फत विद्यार्थीहरूले इन्फिनिटी मिरर र रेन डिटेक्सन सिस्टम जस्ता व्यावहारीक परियोजनाहरू प्रस्तुत गरेका थिए ।

साथै ३डीआई टेक्नोलोजी प्रदर्शन अन्तर्गत थ्रीडी प्रिन्टिङ, ३६० डिग्री क्यामेरा, ड्रोन लगायतका अत्याधुनिक प्रविधिहरूको प्रदर्शन गरिएको थियो ।

तक्षशिला महोत्सव ३.० केवल उपलब्धिहरूको उत्सव मात्र नभई आत्मविश्वासी, नवप्रवर्तनशील तथा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार पार्ने विद्यालयको दूरदर्शी लक्ष्यको प्रतिबिम्ब पनि हो ।

विद्यालयका एकेडेमिक डाइरेक्टर डा.विक्टर इग्नाटियस जोसेफको मार्ग दर्शनमा संस्थाले सफल नेतृत्वको तीन वर्ष पूरा गर्दै समर्पण र दृढताका साथ निरन्तर प्रगतितर्फ अघि बढिरहेको छ।

महोत्सवको अघिल्लो दिन आयोजित तक्षशिला वार्षिक खेलकुद कार्यक्रम विद्यालयका युवा खेलाडीहरूको प्रतिभा र ऊर्जा प्रस्तुत गर्ने भव्य उत्सवका रूपमा सम्पन्न भएको थियो ।

वार्षिक खेलकुद तथा महोत्सव ३.० ले यी दुवै ऐतिहासिक अवसरहरूलाई उत्साह, ऊर्जा र गर्वले भरिपूर्ण बनाउँदै विद्यालयको समग्र विकास तथा सबै क्षेत्रमा उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई झन् मजबुत बनाउँदै लगिरहेकाे डाइरेक्टर जाेसेफकाे भनाई छ ।

पछिल्लो समाचार

नकलबन्दाबाट गाई-गाेरू, सुपारी, लसुन तस्करी, प्रहरी माैन

अघिल्लो समाचार

पूर्वी नाकाबाट आठ महिनामा भित्रिए ६,७९१ विदेशी पर्यटक

Related Posts

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित
box -1

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित

चैत्र २७, २०८२, २:४८ .शुक्रबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner

मेचीनगरमा २४४७ विद्यार्थी मध्ये १७३७ जना कक्षा-९ पढ्न याेग्य

चैत्र २७, २०८२, १०:१९ .शुक्रबार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

फेरि बढ्याे : पेट्रोल २१९, डिजल-मट्टीतेल २०७ र हाफ ग्यास १००५

चैत्र २६, २०८२, ११:४९ .बिहिबार
निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
banner -1

निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी

चैत्र २६, २०८२, १०:५३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.