
मेचीनगर, ४ चैत । मेचीनगर नगरपालिकामा राजश्व सुधार कार्य याेजना तर्जुमा सम्बन्धि कार्यशाला गरिएको छ ।
सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा कार्यरत विज्ञ दामाेदर गिरीले आज मेचीनगरमा राजश्व सुधार कार्य याेजना सम्बन्धि प्रशिक्षण दिएका हुन् ।
राजश्वका विषयमा नगरपालिकाकाे आन्तरिक श्राेत परिचालनकाे वर्तमान अवस्था, राजश्व सम्भावनाकाे खाेजी र खाडल पूरा गर्नु पर्ने क्रियाकलापहरूकाे पहिचान गरि कार्य याेजना तयारी गरिने छ ।
यस कार्यक्रमले समग्र रूपमा नगरपालिकाकाे राजश्व परिचालनलाई कानुन सम्मत न्यायाेचित र यथार्तपरक बनाई प्रभावकारिता बढाउँनेमा जाेड दिनेछ ।
विश्व बैंककाे सहकार्यमा शहरी विकास मन्त्रालयसँग आबद्ध रहँदै स्थानीय तहको वित्तीय व्यवस्थापन, राजस्व सुदृढीकरण तथा संस्थागत क्षमता विकासका क्षेत्रमा गिरीले विज्ञकाे रूपमा काम गर्दै आएका छन् ।
मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालाकाे अध्यक्षता
उपप्रमुख एवम् राजश्व परामर्श समिति संयाेजक मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रमकाे उदेश्यमाथि प्रकाश प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रमकाे सहजीकरण राजश्व शाखामा प्रमुख प्रेम पराजुलीले गरेका थिए ।
कार्यशालामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, शाखा प्रमुख, मेची उद्योग बाणिज्य संघका पदाधिकारी लगायत कर्मचारीहरूकाे सहभागिता रहेकाे थियो ।
देशभरिका २१ वटा स्थानीय तहमा संस्थागत सुदृढीकरणका लागि राजश्व कार्य याेजना सञ्चालन गरिने छ ।
काेशी प्रदेशमा झापाकाे मेचीनगर, माेरङकाे सुन्दर हरैंचा र उदयपुरकाे त्रियुगा नगरपालिकामा याे अभियान सञ्चालन गरिदैंछ ।
याे अभियानकाे सुरू मेचीनगर नगरपालिकाबाट गरिएको छ ।




Discussion about this post