झापा, १५ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छाड्न माग गर्दै एमालेले प्रदर्शन सुरू गरेको छ ।
आज ७७ वटै जिल्लामा ¥यालीसहित गएर सीडीओमार्फत् सरकारको ध्यानाकर्षण गराउने एमालेको पूर्वघोषित कार्यक्रम छ ।
यसैक्रममा काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरूले प्रदर्शन थालेका छन् । यहाँ सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै विहानैदेखि प्रहरी तैनाथ गरिएको छ ।
केही नेता–कार्यकर्ता भने ज्ञापन पत्रसहित सीडीओ कार्यालय पुगेका छन् । झापामा पनि एमालेले सीडीओलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय नेताहरको अगुवाइमा विशाल र्यालीसहित सीडीओ बायालय पुगेको थियो ।




Discussion about this post