



मेचीनगर, २० चैत । ´किशाेर-किशाेरी भए दक्ष, बन्छ देशकाे भविष्य` भन्ने मुल मन्त्रका साथ विद्यार्थीलाई सामाजिक र वित्तीय सीप रूपान्तरण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टट्) कार्यक्रम सुरू गरिएको छ ।
मेचीनगर नगरपालिकाकाे महिला, बालबालिका तथा समाजकल्याण शाखाले आजदेखि काँकरभिट्टा स्थित दरबार हाेटलमा ८ दिनसम्म सञ्चालन गरेकाे साे तालिममा २६ जना विद्यार्थीहरूकाे सहभागिता रहेकाे छ ।
मेचीनगरका कक्षा-११ र व्याचलर पढ्दै गरेका २६ जना विद्यार्थीहरूलाई शुक्रबारदेखि चैत २७ गतेसम्म प्रशिक्षक प्रशिक्षण तालिम दिइने छ ।
साे तालिमकाे उद्घाटन मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् ।
समाज र राष्ट्रका लागि केही गर्ने हुटहुटी भएका विद्यार्थीहरूलाई याे तालिमले आत्मबल बढ्ने उनले दावी गरिन् ।
विद्यार्थीहरूले याे सम्बन्धिकाे प्रशिक्षण ८ दिनसम्म सिकेपछि आफै प्रशिक्षक हुने छन् ।
विद्यार्थीहरू नै प्रशिक्षक भएर समाजमा यस्ता प्रकारका तालिम र समाज रूपान्तरणमा सहकार्यकाे भूमिका निभाउन मद्धत मिल्नेछ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले शिक्षित बेराेजगार भएको नेपालमा सामाजिक रूपान्तरणका लागि समाजलाई उडान भर्ने काम याे कार्यक्रमले सहज गर्ने बताए ।
विद्यार्थीहरू नै प्रशिक्षक भएर समाजमा यस्ता प्रकारका तालिम र समाज रूपान्तरणमा सहकार्यकाे भूमिका निभाउन उनीहरूकाे मद्धत मिल्नेछ ।
कार्यक्रमका अर्का बक्ता वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीका अनुसार महिला हिंसा धेरै प्रकारका हुन्छन् ।
विश्वमा महिला ५१ प्रतिशत छन् । ती मध्ये ४८ प्रतिशत महिला हिंसामा अझै परेका छन् ।
विभिन्न प्रकारका हिंसामा परेका महिला तथा बालबालिकाहरूकाे राेकथामका लागि साेच्ने तरिकामा सकारात्मक परिवर्तन, संम्रचना संरचना, शासकीय सुधार लगायतमा परिवर्तन भए मात्र सामाजिक रूपान्तरण हुने वस्तीकाे जिकिर छ ।
विश्व बैंककाे लगानीमा लैङ्गिक हिंसा राेकथाम तथा प्रतिक्रियाका लागि एकीकृत सेवा पहुँच परियाेजना अन्तरगतकाे कार्यक्रम मेचीनगर नगरपालिकामा सञ्चालनमा छ ।
सामाजिक र वित्तीय सीप रूपान्तरण सम्बन्धि टट्काे प्रशिक्षकका रूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण मन्त्रालयका सहजकर्ता एवम् पुरूष सञ्जालका केन्द्रीय सदस्य संजाेग ठकुरीले प्रशिक्षण दिइरहेका छन् ।
नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख जयन्ती खरेलले सहजीकरण गरेकाे कार्यक्रमकाे स्वागत लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले गरेकी थिइन् ।




Discussion about this post