मेचीनगर, २१ चैत । पछिल्लो समय धुलाबारीकाे नगर अस्पतालमा विरामीकाे भीड बढ्न थालेकाे छ ।
अस्पतालकाे चालू आर्थिक वर्षकाे तथ्याङ्कले पनि सेवाग्राहीकाे चाँप बढेकाे पुष्टि गरेकाे छ ।
गत साउन यता ९ महिनामा करिव ७९ हजार भन्दा बढी नगरवासीले विभिन्न प्रकारका राेगकाे उपचार गराएका छन् ।
मेचीनगर नगरपालिकाले सञ्चालन गरेकाे मेचीनगर आधारभूत अस्पतालका प्रमुख डा. प्रकाशचन्द्र गच्छदारले
आर्थिक वर्ष २०८२/०८३ काे साउनदेखि यही चैत १८ गते सम्ममा ७८ हजार ७७४ जना विरामीले सेवा लिएकाे जानकारी दिए ।
यस्तै अस्पतालबाट २ हजार ५४४ जना विरामीले आकस्मिक सेवा समेत लिएकाे उनकाे भनाई छ ।
अस्पताल प्रशासन शाखाका कर्मचारी खगेन्द्र खतिवडा (लेलीन) ले गत आ.व.२०<span;>८१/०८२ मा ९१ हजार ५२२ जनाले उपचार सेवा लिएकाे बताए । जसमा ८१२ जनाले आकास्मिक सेवा समेत लिएका थिए ।
अस्पतालले दैनिक ओपीडी, भिडियाे एक्सरे, ल्याव एक्सरे, नर्मल प्रशुति, आकास्मिक सेवा, गर्भवती जाँच,
हप्ताकाे २ दिन बिशेषज्ञ डाक्टरहरूले सेवा दिने गरेका छन ।
मंगलबार स्त्री तथा प्रशुति राेग बिशेषज्ञ सेवा,
शुक्रबार हार्ड जाेर्नी तथा नशा राेगकाे सेवा दिदैं आएको छ ।
त्यस्तै नाक, कान तथा घाँटी, नवजात शिशु तथा बाल राेग, स्वास्थ्य बीमा लगायतका सेवाहरू पनी दिदैं आइरहेकाे खतिवडाले जानकारी दिए ।
डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायत सबैकाे सहकार्यले अस्पतालकाे सेवा प्रभावकारी बन्दै गएकाे नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकाेटाले बताइन् ।
´दुई वर्षअघि धुलाबारी स्वास्थ्य केन्द्रकाे हालत हेर्दा यसलाई कसरी सञ्चालन गर्ने भनेर निक्कै सकस भएको थियाे`, नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले भने-´यसलाई आधारभूत अस्पतालकाे रूपमा विकास गरेपछि जनतालाई केही राहत भएको छ । अब अस्पताल आफै खर्च धान्ने अवस्थामा पुग्दै छ ।`
बुढाथोकीले भने-´नगरका नागरिक विरामी परेमा तत्काललाई दिन सक्ने सेवाहरू उपलब्ध रहेका छन् । त्यसैले अस्पताललाई अझ राम्राे र व्यवस्थितसँग चलाउन लागि परेका छाैं ।`





Discussion about this post