



मेचीनगर, २१ चैत । बाहुनडाँगी सिद्धिखाेला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे पाँचौ साधारण सभाले पानीको महशुल समायाेजन गरेकाे छ ।
मेचीनगर-१, २ र ४ नम्बर वडाका उपभोक्ता समेटिएको साे संस्थाकाे शनिवार सम्पन्न साभाले पानीकाे महशुल थाेरै भए पनि बढाएकाे हाे ।
सभाले प्रति युनिट १५ रूपैयाँ भए पनि २० युनिटसम्म पानी खपत गर्ने उपभोक्तालाई १५० रूपैयाँ महशुल लाग्ने छ ।
यसपटक सभामा प्रस्तावका रूपमा पेश भएकाे साे महशुलकाे मूल्य बढेर पारित भएको छ । यसअघि प्रति युनिट १५ रूपैयाँ भए पनि २० युनिटकाे १०० रूपैयाँ मात्र थियाे ।
१८४० जना उपभोक्ता रहेकाे संस्थाकाे २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मकाे कुल आय र व्यय ८३ लाख ५२ हजार २३७ रूपैयाँ ३९ पैंसा रहेकाे छ ।
अहिलेसम्म संस्थाकाे माैज्दात नगद १२ लाख ४८ हजार ४९५ रूपैयाँ रहेकाे छ ।
वडा नम्बर १ स्थित मेचे डाँगीमा सम्पन्न साधारण सभाकाे उद्घाटन काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्दर बुढाथोकी, वडा अध्यक्ष रामकुमार राई, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राेहितकुमार बुढाथोकी लगायतले संस्थालाई जाेगाएर उपभोक्तालाई विशुद्ध खानेपानी उपलब्ध गराउने गरी समय अनुसार अवस्था हेरेर महशुल समायाेजन गर्न सुझाएका थिए ।
साेही अवसरमा संस्थालाई जग्गा दिने तीन जना जग्गा दाताहरूलाई प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथिहरूले सम्मान गरेका थिए ।
सम्मानित हुनेहरूमा १० धुर जग्गा दिने वडा नम्बर १ का अर्जुनप्रसाद आचार्य, १३ धुर जग्गा दिने जिवनाथ पाैडेल र अर्का १३ धुर नै जग्गा दिने डाेरबहादुर पाैडेल रहेका छन् ।
संस्थाका अध्यक्ष हेमलाल गुरागाईले बार्षिक प्रतिवेदन र आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयाेजक चन्द्रशेखर गुरागाईले प्रस्तुत गरेका गए ।
बाहुनडाँगी सिद्धिखाेला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हेमलाल गुरागाईकाे अध्यक्षतामा सम्पन्न सभाकाे स्वागत उपाध्यक्ष सागर कार्कीले र सञ्चालन सचिव चन्द्रप्रसाद (सन्ताेष) सुवेदीले गरेका थिए ।
फाेटाे फिचर : अर्जुन कार्की




Discussion about this post