झापा, २६ चैत । प्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मा लगाएर छाडेको छ ।
उपचारका क्रममा काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यान सम्बन्धी कसुरमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि छाडिएको हो ।
सर्वोच्च अदालतले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गते सम्ममा छोड्न आदेश दिएको थियो ।




Discussion about this post