झापा, २७ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
नेपाल आयल निगमले विहीबार राति १२ वजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ र डिजेल-मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको छ ।
यस्तै, ग्यासमा १०० ले बढाएको छ ।
अब पेट्रोल प्रतिलिटर २१९, डिजेल-मट्टितेल २०७ र ग्यासमा २०१० रूपैयाँ पुगेकाे छ ।
यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ।
इरान-अमेरिकाकाे युद्वविराम हुँदा अन्तरास्ट्रिय जगतमा इन्धनकाे भाउमा गिरावट आएको छ । तर, नेपालमा भने फेरि बढाइएकाे छ ।
विगतमा नेपालमा इन्धनकाे भाउ बढ्दा विद्यार्थी संगठनहरूले सरकार विरूद्व नाराबाजी गर्थे । अहिले सबै चुपचाप रहेका छन् ।
सरकारले इन्धन आयतमा भन्सार छुट ५० प्रतिशत गर्काे छ । तर, गाडी भाडा पनि बढाएकाे छ । जताबाट पनि जनताकाे डाढ सेकाउने काम बाहेक केही भएन ।
बुढापाकाकाे उखान ठिकै रहेछ -जुन जाेगी आए पनि कानै चिरेकाे ।




Discussion about this post