बाह्रदशी, २१ असोज । हराएको पाँच महिनापछि एक जना युवाको लाश खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको छ ।
बाह्रदशी गाउँपालिका–५ स्थित फुलाबारीका भिम हजामको छोरा बर्ष २२ का राजेश हजाम गत जेठ १५ गते रातिदेखि वेपत्ता भएका थिए ।
बेपत्ता हजामको यही असोज २० गते वडा नम्बर ७ स्थित बिरिङ खोलाको पश्चिम किनारामा गाडेको अवस्थामा प्रहरी र स्थानीयले लाश भेटेका हुन् ।
उनको टाउको हड्डी, खुट्टाको नलि हड्डी, शरिरको अस्थिपंजर र अन्य भागहरु सडी गलेको अवस्थामा प्रहरी र स्थानीयले फेला परेको हो ।
फेला परेको अस्थिपञ्जरहरु परिक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हजामलाई खाल्डो खनेर मारेको आशंकामा प्रहरीले वडा नम्बर ७ का तीन जनालाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–७ का वर्ष ३१ का समिर राजवंशी, सोही स्थानका मुना मेचे राजवंशी र एक जना नावालक रहेका छन् ।
मृृतकका बुबा भिमबहादुर हजामले असोज १८ गते हुलिया निवेदन अनारमनी प्रहरीलाई दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




Discussion about this post