७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्थानीयको गुनासो

झरनामा पर्यटक बढेसँगै पानी दूषित

भदौ ६, २०७८, १०:१४ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ६ भदौ । मेचीनगरको साविक बाहुनडाँगीका खानेपानी उपभोक्ताहरुले झरनामा नुहाउन आउने आन्तरिक पर्यटकका कारण आफूहरु दूषित पानी पिउन बाध्य हुनु परेको गुनासो गरेका छन् ।

केही दिनदेखि इलामको रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाकोे सीमानामा रहेको पर्यटकिय स्थल झरनामा नुहाउन र मनोरञ्जन गर्न पुग्ने आन्तरिक पर्यटकहरुका कारण बाहुनडाँगीका खानेपानी आयोजनाहरु प्रदूषित भएको भन्दैं पदाधिकारी र उपभोक्ताहरुले गुनासो गरेका हुन् ।

मेचीनगर–१ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ वडा खानेपानी आयोजना सञ्चालित छन् । मेचीनगर–१ को सिरानमा पर्ने तिरिङ खोला र निन्दा खोलाको मुहानमा पछिल्लो समय आन्तरिक पर्यटकहरु ठूलो संख्यामा नुहाउन जाने गरेका छन् ।

ती आयोजनाका मुहानमा आन्तरिक पर्यटकहरु रमाउने नाममा फोहोर मैला गरिदिँदा दूषित पानी पिउन उपभोक्ता बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीको भनाइ छ ।

अध्यक्ष अधिकारीले मुहान दूषित हुँदा उपभोक्ता पानी खान नसक्ने अवस्थामा पुगेको बताउदैं उपभोक्तालाई शुद्ध पानी वितरण गर्नु समितिको पहिलो दायित्व भएको भए पनि समितिले नसकेको दुखेसो व्यक्त गर्नुभयो । पर्यटन विकासलाई व्यवस्थित नगर्ने हो भने उपभोक्ता प्रतिकारमा उत्रने उनले चेतावनी दिए ।

मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका पदाधिकारी र उपभोक्ताहरुले आफूलाई स्वच्छ र सफा पानी पिउने वातावरण मिलाईदिन मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।

बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी,गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी सबै आयोजनाको मुहान भने त्यही झरनाको पानी हो । झरनामा नुहाउन जाने आन्तरिक पर्यटकहरुले जथाभावी फोहोरमैला गर्दा साविक बाहुनडाँगीका साना तथा ठूला खानेपानी आयोजना प्रभावित भएको सम्बन्धित उपभोक्ता समितिहरुले जनाएका छन् ।

पर्यटकीय गन्तव्यलाई व्यवस्थित गरेर शुद्ध पानी वितरणमा पहल गरिदिन स्थानीय सरकार मेचीनगरलाई आयोजनाहरुले आग्रह गदैं मुहानमा फोहोर गरिदिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय उपभोक्ता तिलजा देवानले यहाँका हरेक खानेपानीका उपभोक्राहरुले दिसापिसाव खाइरहनु परेको दुःख व्यक्त गरे ।

नन्दा खानेपानी अध्यक्ष इन्द्र ढकाल, निन्दाटार खानेपानीका अध्यक्ष गौरी आचार्य, स्थानीय दिपेश खड्का पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा यसक्षेत्रमा खानेपानीको विकराल समस्या पैदा हुने बताए ।

पर्यटन क्षेत्रको विकासँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा मेचीनगर प्रमुख विमल आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने बताए । प्रमुख आचार्यले पर्यटन विकाससँगै शुद्ध खानेपानी वितरणमा लाग्नु पर्ने बताउदैं उनले आन्तरिक पर्यटन प्रवद्र्धन र पानीको मुहान व्यवस्थापन दुवै अहिलेको आवश्यकता भएको बताए ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दैं नगर प्रमुख आचार्यले घुम्न आउने अन्तरिक पर्यटकलाई हामीले प्रोत्साहन पनि गर्नुपर्ने र मुहान सफा राख्ने कुराको विकल्प खोज्नुपर्ने त्यसका लागि सूचना पाटी, डस्वीन राखेर पर्यटनलाई पनि बचाउन सकिने बताए ।

पर्यटीय क्षेत्रको रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगीको झरना व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ, नगर सदस्य डिकेन्द्र थापा, वडा नम्बर २ का जनप्रतिनिधि लगायतले झरनाको व्यवस्थापन गरेर खानेपानीको मुहान शुद्घ र सफा राख्नु पर्नेमा जोड दिएका थिए ।

पछिल्लो समाचार

हास्य कलाकार शम्भु थापा ‘बखते’ को निधन

अघिल्लो समाचार

हलेसी मेडिकलमा थप सेवा विस्तार

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.