२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोरोना खोपले ‘महिनावारीमा दीर्घकालीन असर पार्दैन’

भदौ ७, २०७८, ८:१२ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ भदौ । नेपालमा कोभिडविरुद्ध खोप लगाएपछि कतिपय महिलाहरूले महिनावारीमा प्रभाव परेको बताइरहेका छन् ।

उनीहरूले महिनावारी ढिला हुने, रक्तस्राव धेरै हुने र महिनावारीका बेला हुने दुखाइ बढेको बताएका छन् । तर चिकित्सक र विज्ञहरूले खोपकै कारणले यस्तो प्रभाव परेको प्रमाणित नभएको बताएका छन् ।

कुनै पनि खोपले रोग प्रतिरोधी क्षमता र हार्मोनमा असर पार्ने भएको हुँदा खोपपछि महिनावारीमा केही फेरबदल सामान्य रहेको उनीहरू बताउँछन् । नियमितभन्दा करिब दुई साता बित्दा पनि महिनावारी नभएपछि पूजा पराजुली आत्तिइन् ।

यसले कसरी काम गर्छ ? कोभिड खोपले मेरो महिनावारीलाई असर गर्छ ? त्यस्तै इलामकी २८ वर्षीया पराजुलीले सुरुमा गर्भ जाँच गराइन् । नतिजा नकारात्मक आयो । त्यसपछि स्थानीय चिकित्सककहाँ गएर आफ्नो समस्या सुनाइन् । चिकित्सकले कहिले काहीँ महिनावारी तलमाथि हुनु सामान्य रहेको बताए ।

सामान्यतया नियमित महिनावारी हुने उनको ढिलो भएको रक्तस्राव लगातार एक सातासम्म भयो । रक्तस्राव पनि नियमितभन्दा धेरै भयो । “डर लागेको थियो । चिकित्सकले सामान्य भने पनि महिनावारी ढिला हुनु वा रक्तस्राव धेरै हुनुको कारण खोज्दै थिएँ,“ पूजा भन्छिन् ।

खोपको असर भएको शंका

खोज्दै जाँदा अन्य केही महिलाले कोभिड खोप लगाएपछि महिनावारीमा समस्या भोगिरहेका प्रतिक्रिया उनले देखिन् ।

“फेसबुकमा महिलाहरूको एउटा समूहमा कैयौँले कोभिडको खोप लगाएपछि महिनावारी ढिला भएकोदेखि रक्तस्राव धेरै भएको र पेट अत्यधिक दुखेकोबारे गुनासो गरेको पाएँ,“ उनले भनिन् ।

उनले गत जेठ २८ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएकी थिइन् । त्यसयता उनको महिनावारी प्रभावित भएको हो । काठमाडौँकी सरु घिमिरेले साउन ४ गते जोन्सन एन्ड जोन्सनको खोप लगाइन् । त्यसको केही दिनपछि अस्वाभाविक सेतो पानी बगेको र त्यसमा जमेको रगत मिसिएको उनले बताइन् ।

असामान्य महिनावारी

“संक्रमण भयो कि भन्ने सोचेँ । अस्पताल जानुअघि नै महिनावारी भयो । तर महिनावारी सामान्य थिएन,“ घिमिरेले भनिन ्। “रक्तस्राव पनि एकदम धेरै भइरहेको थियो र रगत धेरै जमेको जस्तो देखिन्थ्यो ।“

महिनावारी रोकिने अवधिबारे नयाँ अनुसन्धान

“सुरुमा त खोपको प्रभाव होला भन्ने लागेको थिएन । आफ्नै महिनावारी प्रभावित भएपछि भने खोपले पार्ने असरहरूबारे खोज्न थालेँ,“उनले सुनाइन् । कीर्तिपुर बस्ने सन्दीपा खत्रीले पनि खोपपछि दुई वटा मासिक चक्र अत्यधिक पीडादायी भएको बताएकी छन् । यो समस्या सधैँ उस्तै रहन्छ कि भन्ने चिन्ताले सताएको उनी सुनाउँछिन् ।

‘खोपकै असर भन्न सकिन्न’

सामाजिक सञ्जाल एवम् अन्य माध्यममार्फत् महिलाले महिनावारीमा समस्या भोगेको बताइरहेको पाइए पनि अस्पतालमा भने त्यस्ता महिला नआएको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालकी निर्देशक डा.संगीता मिश्र बताउँछिन् ।

“कोरोना भाइरस र खोपका कारण महिलाहरूमा चिन्ता र तनाव बढेको छ जसको प्रभाव महिनावारीमा परेको हुनसक्छ । तर खोपले नै असर पार्यो भन्ने अध्ययन भइसकेको छैन,“डा.मिश्रले बताइन् ।

उनले खोप लगाएपछिको पहिलो महिनावारी ढिलोचाँडो हुनु सामान्य रहेकाले नआत्तिन सुझाव दिइन् ।
प्रभाव दोस्रो या त्योभन्दा बढी महिना दोहोरिएको अवस्थामा चिकित्सकको परामर्श लिनुपर्ने डा.मिश्रको भनाइ छ ।

खोपले महिनावारीमा प्रभाव पार्छ ?

कोभिड–१९ विरुद्ध खोपपछि महिनावारीमा असर परेको नेपाल मात्र नभई अन्य देशका महिलाहरूले पनि बताएका छन् ।

खोप लगाएका महिलाहरूले महिनावारी ढिलो वा चाँडो भएको र उच्च रक्तस्राव भएको अनुभव सुनाएका छन् । मेडिकल मानवशास्त्री डा.केट क्लेन्सीले नै मोडर्ना खोप लगाएपछि भोगेको उच्च रक्तस्रावबारे ट्वीट लेखेकी थिइन् ।

उनको ट्वीटमा दर्जनौँले प्रतिक्रिया जनाए जसमध्ये पारलिङ्गी र महिनावारी रोकिएका महिलाहरू पनि थिए । उनीहरूले रक्तस्राव भएको उल्लेख गरेका थिए । महिनावारीमा देखिएका यस्ता समस्याहरू खोपकै असर हुन् भन्ने पुष्टि नभएको तर खोपले महिनावारीमा प्रभाव पार्न सक्ने आधारहरू रहेको विज्ञहरू बताउँछन् ।

अस्थायी समस्या

इम्पेरीयल कलेज लन्डनकी रिप्रोडक्टिभ इम्युनोलोजिस्ट डा.भिक्टोरिया मेलले कोभिड खोपपछि महिनावारीमा केही फेरबदल भएको अवस्थामा आत्तिनु नपर्ने बताएकी छन् । उनी भन्छिन्, “जीवनभर यस्तै होला कि भनेर चिन्ता लिनुपर्ने विषय होइन । कोभिडको मात्र नभई अन्य खोप लगाएपछि पनि महिनावारीमा केही फेरबदल हुन्छ ।’

मेलका अनुसार खोप लगाएपछिको एक वा दुई वटा मासिक चक्र प्रभावित रहन्छ । उनले प्रतिरक्षा प्रणालीले ‘सेक्स हार्मोन’लाई प्रभावित पार्ने र उक्त हार्मोनले असर पार्दा यस्तो हुने उनले बताएकी छन् ।

‘महिनावारी रोकिएपछि धेरैलाई डिप्रेसन’

महिनावारी हुँदा नेपाली महिलाले गर्ने खर्च पाकिस्तानपछि दोस्रो स्थानमा ।
महिलाको महिनावारीका लागि जिम्मेवार सेक्स हार्मोनहरू ओएस्ट्रोजन र प्रोजेस्टेरोन खोपले प्रभावित हुने उनले बताइन् ।

महिनावारी असामान्य हुनुका अन्य कारण

मेल भन्छिन्, “महिलाको पाठेघरको सतहमा थुप्रै प्रतिरक्षा कोष हुन्छन् । खोपले त्यसलाई असर गरेको हुनसक्छ वा सामान्य बिरामी पर्दा पनि त्यसले महिनावारीलाई असर गरेको हुनसक्छ ।’ मेलका अनुसार महिनावारीमा देखिएका असर दीर्घकालीन होइनन् । समस्याबारे बताउने महिलाहरूले केवल एकदेखि दुई महिनाको चक्र प्रभावित भएको बताएको उनको दाबी छ ।

नेपालमा खोप सम्बन्धी विज्ञ समूहका संयोजक डा.श्यामराज उप्रेती नेपालको हकमा महिनावारी हुने समूहका सम्पूर्ण महिलाहरूलाई खोप नदिइसकेका कारण यस विषयमा आधिकारिक जानकारी नआएको बताउँछन् ।

“यदि साँच्चै महिलाहरूको महिनावारी प्रभावित भएको छ भने यो अध्ययनको विषय भने बन्न सक्छ,’ डा.उप्रेतीले भने । “तुलनात्मक हिसाबमा प्रभावित महिलामध्ये खोप लगाएकाहरू बढी देखिए भने खोपकै असर हुन पनि सक्छ । तर, यो दाबी विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको विषय भने होइन,“उनले भने ।

पछिल्लो समाचार

एकै परिवारका तीन जनाद्वारा आत्माहत्या

अघिल्लो समाचार

अक्टुबरमा तेस्रो लहरको खतरा, बच्चाहरू बढी जोखिममा

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.