झापा, १२ भदौ । अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।
अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस–के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो ।
आईएस–के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।
Discussion about this post