मेचीनगर, १२ भदौ । झापामा शनिबार पीसीआर र एन्टिजेनसहित ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर र एन्टिजेन टेष्ट गरेका १५ महिलासहित ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन टेष्टबाट संक्रमित ३ जना महिला हुन् ।
आजै एन्टिजेन र पीसीआरबाट मृत्यु भएकाहरु ३ जना छन् । जस्मा भद्रपुरका ४२ वर्षीय पुरुषको मेची अस्पतालमा, बुद्वशान्तिका ६८ वर्षीय पुरुषको मेची अस्पताल भद्रपुर र इलामका ६८ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको छ ।
दमकमा ४ महिलासहित ९ जना, बिर्तामोडमा २ महिलासहित ३ जना, गौरादहमा ५ महिलासहित ७ जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा ५ महिलासहित ७ जना, हल्दीबारीमा १ महिलासहित ३ जना, बुद्वशान्तिमा १ जना महिला, कमलमा १ महिलासहित २ जना र शिवसताक्षीमा २ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
योसँगै झापामा हालसम्मको पीसीआर टेष्ट ७९१५४, कुल संक्रमितको संख्या २२१९५, डिस्चार्ज २००६९, आइसोलेसनमा २१८४ र जम्मा मृत्यु ५५९ जना रहेको कार्यालयले जनाएको छ ।
शनिबार पीसीआर गरेका ९४, एन्टिजेन टेष्ट गरेका ६, डिस्चार्ज भएका २०६, मृत्यु ३ जना छन् । आजसम्मको एन्टिजेन टेष्ट संख्या १७५७० र एन्टिजेन टेष्टबाट संक्रमित ५६२५ जना पुगेको चौलागाईले बताए ।
Discussion about this post