झापा, ३० साउन । सूर्योदय क्वीज सिजन–५ को उपाधी ‘सिता–रमेश बहुमुखी क्याम्पस’ बुद्वशान्ति गाउँपालिका झापाले जितेको छ ।
शनिबार भएको ग्रान्ड फिनालेमा ‘सिता–रमेश बहुमुखी क्याम्पस’ले उपाधी जितेको हो ।
यस्तै प्रतियोगीतामा जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो, मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरीयल एकाडेमी दुहवी सुनसरी र पथरी बहुमुखी क्याम्पस मोरङ्ग सान्तवना भएका छन् ।
प्रतियोगिताको विजेताहरुले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरुलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरे ।
गत फागुन देखिशुरु भएको यस प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ्ग, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायतका जिल्लाबाट १ सय वटा कलेज सहभागि भएका थिए । कलेजमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्याथीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको जुरी निर्णायककोरुपमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहेका थिए ।
विद्यार्थीमा भएको बौद्विक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उद्देश्यले यो प्रतियोगिताको आयोजना गरीएको कार्यक्रम संयोजक देवि गौतमले जानकारी दिए ।
सूर्योदय क्वीज सिजन–५ लाई ब्रोडलिङ्क नेटवर्कले मुख्य प्रायोजन तथा सिम्रीक साकोस बिर्तामोड, वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट झिलभिले, किङ्सटन इन्स्टिच्युट अस्ट्रेलिया, मनकामना कलेज बिर्तामोडले प्रायोजन गरेको थियो ।
यस्तै एलाइन्स मोटर्स (हुन्डाई) बिर्तामोड, रोयल टेलर्स बिर्तामोड, नेशनल साउण्ड सर्भिस बिर्तामोड, ग्लोवल लिङ्क प्रिन्ट एण्ड एडर्भटाइजिङ्ग बिर्तामोड र न्यु सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हलले पनि प्रतियोगितालाई सह–प्रायोजना गरेको थियो ।
सूर्योदय टेलिभिजनले सूर्योदय क्वीज, स्पीच कन्टेस्ट लगायतका कार्यक्रमहरु प्रतियोगताको रुपमा हरेक वर्ष आयोजना गर्दै आएको छ ।
Discussion about this post