धुलाबारी, ३१ साउन । के आर फाउण्डेशनले केशवराज भण्डारीको ४५औँ स्मृति दिवसका अवसरमा आज धुलावारी स्थित आम्दा मेची अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
फाउण्डेशनका अध्यक्ष सविता भण्डारी, सचिव गोपाल बस्नेत, सदस्यहरु अनिल भेटवाल, सरस्वती सिटौला, बन्धनकुमार मुण्डा, लेखनाथ पराजुली लगायतको टोलीले अस्पताल पुगेर विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर पोषणरमण त्रिपाठीले फाउण्डेशनका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
फाउण्डेशनले यसअघि समाजमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गदैं आएको थियो । यसपटक कोभिड १९ का कारण सामान्य कार्यक्रम मात्र गरेको बताईएको छ ।
Discussion about this post