विराटनगर, ३२ साउन । प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए ।
तर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आज बसेको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका थिए ।
Discussion about this post