झापा, १ भदौ । अनलाइन टीभी पत्रकार संघको झापामा पनि शाखा गठन भएको छ ।
अनलाइन टीभी पत्रकारहरुको प्रथम भेलाले खगेन्द्र घिमिरेको नेतृत्वमा १३ सदस्यीय प्रथम जिल्ला कार्यसमिति झापा शाखा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा समीर सुवेदी, सचिवमा खगेन्द्र राउत, सहसचिवमा आईन्द्र लिम्बू र कोषाध्यक्षमा राजकुमार लिम्बूलाई चयन गरिएको छ । साथै कार्यसमितिमा अन्य ८ जना सदस्य रहेका छन ।
भेलामा संघका केन्द्रीय उपाध्यक्ष कुशलभ केसी, महासचिव पवन फुयाल, कोषाध्यक्ष शोभराज बराल लगायतले संघको बारेमा जानकारी गराएका थिए ।
उपाध्यक्ष केसीले अनलाइन टीभीलाई थप व्यवस्थित र स्वनियमन गर्नुपर्नेमा जोड दिदै पत्रकार आचार संहिता भित्र रहेर काम गर्न अनलाइन टीभी पत्रकारहरुलाई आग्रह समेत गरेका थिए ।
Discussion about this post