झापा, १ भदौ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकले गिरिबन्धु टी स्टेटको २८० विघाको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरिबन्धु टी स्टेटलाई सट्टापट्टाको अधिकार दिएको छ ।
गिरिबन्धु टी स्टेटको बिर्तामोडको जग्गा विघाकै करिब २० करोड पर्छ, तर कम मूल्य पर्ने झापाकै पृथ्वीनगरमा रहेको जग्गासँग सट्टापट्टा गर्न खोजिएको छ ।
बैठकले हदबन्दीभन्दा बढी जग्गा कहाँ कति छ भन्ने विवरण ३१ भदौभित्र पेश गर्न पनि निर्देशन दिएको छ ।
Discussion about this post