झापा, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएकी एमसिसीकी उपाध्यक्ष फतिमा सुमारलाई आफूहरू अहिले प्रतिपक्षमा भएकाले एमसिसीबारे धारणा नबनाएको बताएका छन् ।
बिहीबार दिउँसो ओलीलाई भेट्न सुमारसहित अमेरिकी टोली उनको निवास बालकोट पुगेको थियो ।
भेटघाटमा सहभागी एमाले नेता राजन भट्टराईले दिएको जानकारी अनुसार ओलीले सरकारमा हुँदा आफूहरूले एमसिसी संसदमा टेबल गरेको भए पनि केही व्यक्तिहरूका कारण अड्किएको बताएका थिए ।
‘हामी सत्तामा हुँदा संसदमा टेबल गरेका थियौं तर सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारण अघि बढ्न सकेन,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराई भने,‘अहिले हामी प्रतिपक्षमा छौं ।
तपाईंहरूलाई थाहै छ प्रजातन्त्रमा प्रतिपक्षीको भूमिका के हुन्छ। सत्तारूढ गठबन्धन एमसिसीबारे हामीसँग छलफल नै गरेको छैन । अहिले नै हामीले धारणा बनाउनु हतार हुन्छ ।’
Discussion about this post