झापा, १ पुस । नेपाली कांग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी भएका छन् ।
उनीहरू दुवैजना देउवा इतरको छुट्टाछुट्टै प्यानलबाट उठेका थिए ।
४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरेर अग्रस्थानमा विजयी भए ।
२२४६ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाशको प्यानलबाट महामन्त्री लडेका थिए ।
सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५० र प्रदीप पौडेलले १४०९ मत प्राप्त गरे ।
शेखरकै टिमका मीनेन्द्र रिजालले ८०९ मत ल्याए । अर्का उम्मेदवार राजाराम कार्कीले १०७ मत पाएका छन् ।
Discussion about this post