८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पीसीआरको नक्कली रिपोर्ट बनाउने रिञ्जी ट्राभलका सञ्चालक पक्राउ

पुस १, २०७८, ९:५० .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १ पुस । पूर्वी नाका काँकरभिट्टामा सञ्चालित रिञ्जी टुर्स एन्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ कोरोना जाँच गर्ने पीसीआरको नक्कली रिपोर्ट बनाएको आरोपमा थुना परेका छन् ।

उनको ट्राभल्स मेचीनगर नगरपालिका वडा नं. ६ मा रहेको छ । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार तामाङको ट्राभल्सबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टर, विभिन्न अस्पताल र ल्याबका लेटर प्याड समेत बरामद भएको छ ।

तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल चेकजाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, वीएन्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौ लगायतका अफिसियल लेटर प्याडहरुलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायल समेत फेला परेको प्रवक्ता पाठकले बताए ।

तामाङले नेपालको निशाना छाप एवम् विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरू नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुर लगायतको छापहरूलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको हुँदा उनीमाथि सरकारी छाप कीर्ते गरेको समेत आरोप थपिएको छ ।

सो डकुमेन्टहरु अस्पतालहरुले तयार नगरेको र रिञ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्न आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता पाठकले बताए ।

अभियुक्तले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपालीहरु, लामो समय नेपाल रहेर घर फर्किने भारतीयहरुसँग एक हजार ५ सयदेखि पाँच हजारसम्म लिएर बेच्ने गरेको प्रहरीको भनाइ छ ।

पछिल्लो समाचार

महामन्त्रीमा विश्वप्रकाश र गगन बिजयी

अघिल्लो समाचार

सलकपुरमै सुन्तला पाइन छोड्यो

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.