मेचीनगर, १९ माघ । बिर्तामोड नगरपालिका–६ स्थित राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ बर्षीय बमबहादुर लेप्चा रहेका छन ।
आज बिहान १० बजे पुर्वतर्फ गईरहेको बा ०३–००१ ख २१४० नम्वरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लेप्चा र मोटरसाइकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बमबहादुर लेप्चाको मृत्यु भएको हो ।
ठक्कर दिने टिपर र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post