भद्रपुर, १९ माघ । प्रदेश सरकारद्धारा प्रदान गरिएको भद्रपुर–९ का कृषकहरुलाई २० थान मोटर सहितको ट्युवबेल जडान पाइप एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।
भद्रपुर–९ को वडा कार्यालय चन्द्रगढीमा बुधबार आयोजित संक्षिप्त कार्यक्रमका बीच वडा सदस्य नुतन पौडेलको एकल पहलमा सो सामाग्री उपलब्ध भएको थियो ।
भुमिगत जलश्रोत विकास समिति विराटनगर मार्फत उपलब्ध स्यालु ट्युवबेल पाइपलाई नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव असारु राजबंशी, सदस्य पौडेल, वडा अध्यक्ष शनीलाल राजबंशी लगायतले कृषकहरुलाई प्रदान गरेका थिए ।
यहि माघ १८ गते प्रदेश सरकारले समृद्ध मधेश सिँचाई बिषेश कार्यक्रम अन्र्तगत उपभोक्ता समुह मार्फत प्रदान गरिएको उक्त ट्यवुबेल पाइपबाट ४ बिघाको एक चक्ला बराबर १ सय विघा भन्दा माथिको जमिन सिञ्चित गर्न मिल्ने छ । ट्युवबेल जडान पश्चात सो वडाका २ सय भन्दाबढी कृषकहरुलाई राहत मिल्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपसचिव राजबंशीले ट्युवबेल जडानले वडा नम्बर ९ का जनता प्रत्यक्ष लाभान्वीत हुने भन्दै कृषकहरुको आर्थिक बृद्धिसंगै देशको आय आर्जन समेत बढ्ने बताए ।
कार्यक्रममा वडा सदस्य पौडेलले वडाका कृषकहरु लगायत जनसरोकारका बिषयमा आफुले उल्लेखनीय कार्यहरु गर्ने गरेको बताउदै कृषकको जमिनलाई सिञ्चितगर्ने उद्देश्यले आफनै पहलमा प्रदेश सरकारले उपलब्ध गरायको ट्युवबेल पाइपबाट जनतालाई प्रत्यक्ष लाभ पुग्ने भन्दै कृषकहरुलाई जडान गरियको ट्युवबेलको सहि रुपमा प्रयोग गर्न आग्रह गरे ।
वडा अध्यक्ष शनीलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता समुह अध्यक्ष हरि दाहाल लगायतका कृषकहरुको सहभागिता रहेका थियो । समुह मार्फत वडा भित्रका २० जना कृषकहरुलाई उक्त ट्युवबेल प्रदान गरिएको थियो ।
Discussion about this post