काँकरभिट्टा, २४ जेठ । काँकरभिट्टा स्थित धार्मिक एवम् पर्यटकीय स्थल पातालगंगा क्षेत्रको सरसफाइ गरिएको छ ।
मंगलबार मेचीनगर–६ स्थित पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको आयोजनामा भएको सरसफाइ कार्यक्रम गरिएको हो ।
पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्र मेचीनगर–६ ले सरसफाइ अभियानमा सहभागी हुन स्थानीयलाई आह्रवान गरेको थियो । सरसफाइ अभियानमा माननियदेखि वडाध्यक्ष, सहकारी अभियन्ता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्रका अध्यक्ष ओमप्रकाश खापुङको सभापतित्व तथा प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सरसफाइ अभियान सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद मैनालीलले धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक महत्व बोकेका यस्ता क्षेत्रको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताए ।
कार्यक्रमका विशेष अतिथि मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले अभियानमा जुटेका सवैलाई धन्यवाद ज्ञापन गरे । उनले हरेक हप्ताको शनिवार सो क्षेत्रमा सरसफाइ अभिायन सञ्चालन गर्ने बताउँदै सवैलाई अभियानमा सहभागी हुन अनुरोध गरेका छन् ।
कालीखाला क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ओम प्रकाश खापुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेर प्रक्रिया अघि बढाएको समितिका सचिव शंकर भट्टराइले जानकारी दिए । कार्यक्रमको सञ्चालन नेत्र कार्कीले गरेका थिए ।
फोटो पत्रकार : देवेन्द्र खरेल
Discussion about this post