४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ढुंगागिटी र हात्तीका विषयमा पाँच दलको ध्यानाकर्षण

साउन ५, २०७९, ९:११ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ साउन । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई सो विषयमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा मेचीनगर–१, २, ३, ४, ५, ९, ११ र १२ लगायतका वडाहरुमा जंगली हात्तीहरु प्रवेश गरी बालीनाली र घर टहराहरुको क्षति गर्न थालेको अवस्थाले हामीलाई चिन्तित बनाएको उल्लेख छ ।

मेचीनगर–१ को पाटापुरदेखि वडा नम्बर ६ सम्मको १८ किलोमिटरसम्मको लम्बाई रहेको विद्युतिय तारबारलाई हात्तीले भत्काइदिएर गाउँ पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

चारआलीदेखि मेची किनारसम्म हात्ती कोरिडोर निर्माण गर्ने नीति तथा कार्यक्रमले विद्युतिय तारबारको औचित्य समाप्त पारिदिएको छ ।
हात्ती कोरिडोरको निर्माणको कुरालाई हटाइ विद्युतिय तारबारको मर्मत सम्भार, दिगो संरक्षण र स्थायी तट बन्धनको उपायहरुको अवलम्बन गर्न पाँच दलले जोडदार माग गरेको छ ।

नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको अनुचित दोहनले किसानहरुको कुलो पैनीमा पानी सञ्चालन गर्न नसकिने, नदी कटानको समस्या बढेर जाने र पानीको स्रोत गहिरिने वा सुक्ने समस्या स्थानीयले भोगिरहेका छन् ।

मेची खोलाको नदीजन्य पदार्थलाई यान्त्रिक उपकरण प्रयोग गर्ने गरी ठेक्का लगाउने भन्ने नगर सभाको कार्यक्रमलाई पुनर्विचार गरी निन्दा, टिमाइ र हडिया खोलामा पनि सोही अनुसार गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

सो विषयमा ध्यानाकर्षण गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विगतमा नदीजन्य पदार्थ उत्खनन्मा लगाइएको ठेक्काको आम्दानी घटाइएको बताए ।

आवश्यक खोलाहरुमा मात्र नदीजन्य पदार्थ उत्खनन् गरिने उनले बताए । यसपटकको बजेटमा पनि अढाई करोडभन्दा बढी ठेक्कामा नदीजन्य पदार्थ उत्खनन् गर्न नदिने नगरपालिकाको योजना छ । हात्ती छेक्न विद्युतिय तारबारको मर्मत सम्भार र तटबन्धनको उपायको खोजी गरिने मेयर बुढाथोकीले बताए ।

ज्ञापन पत्र बुझाउने टोलीमा नेपाली कांग्रेसका नगर सभापति सुवेशकुमार पनेरु, माओवादी केन्द्रका नगर सहइन्चार्ज प्रकाश खड्का, जसपाका क्षेत्रीय सचिव विमलदेव काफ्ले, राप्रपा प्रदेश १ का सदस्य रमेश दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका नगर सचिव हरिप्रसाद तिम्सिना लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

काँकरभिट्टा भ्यूटावर : ठेकेदारलाई ६५ लाख नियम विपरीत पेश्की

अघिल्लो समाचार

कोलकातामा हुने सुन्तला महोत्सवका लागि तयारी

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.