४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

यो काँकरभिट्टाको भुइँटावर हो कि भ्यूटावर ?

साउन ८, २०७९, ९:२६ .आइतवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ साउन । मेचीनगर नगरपालिकाद्वारा पूर्वीद्वार काँकरभिट्टामा निर्माणाधीन बहुतले भ्यूटावर परियोजना सुरु भएको डेढ वर्ष बितिसक्दा भुइँमै अलपत्र छ ।

बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण गर्न नगरपालिकाले प्रदेश नं. १ सरकारसँगको सहलगानीमा २०७७ सालदेखि यो भ्यूटावरको निर्माण सुरु गरेको हो ।

२०७८ पुस २९ गते कार्य सम्पन्न गर्ने सम्झौतासहित नगरपालिकाले कनकाई इन्टरनेसनल बिल्डर्सलाई भ्यूटावर निर्माणका लागि तीन करोड ७९ लाख ८६ हजारमा ठेक्का दिएको थियो ।

ठेक्का अवधि गुज्रिए तापनि भ्यूटावरको संरचना भुइँभन्दा माथि उठाउन सकेको छैन । हाल भ्यूटावरको निर्माण कार्य अलपत्र छ ।

झापा क्षेत्र नं. १ का प्रदेश सांसद्द्वय श्रीप्रसाद मैनाली र राधा थापा, तत्कालीन प्रदेश सांसद् तथा वत्र्तमान नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, निवत्र्तमान नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र राजनीतिक दलका नगरप्रमुखहरुले सो भ्यूटावरको २०७७ माघ १ गते संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

तामझामका साथ शिलान्यास गरिएको भ्यूटावरको अधुरो संरचना मेचीनगर वडा नं. ६ स्थित सशस्त्र प्रहरी गुल्मसँगै जोडिएको सार्वजनिक जग्गामा अलपत्र छ । वरिपरिबाट झारजंगलले छोप्न लागेको र ठाडा पारिएका फलामे छडमा कालो खिया लागिसकेको छ ।

नियम विपरीत ६५ लाख पेश्की

स्रोत सुनिश्चित नगरी कार्य थालिएको भ्यूटावर परियोजना स्थानीय नेताहरुको सस्तो लोकप्रियता र लहडको उपज थियो ।

नगरपालिकाले प्रदेश र संघीय सरकारबाट स्रोत जुटाउने भन्दै लागतमा ३० प्रतिशत सहभागिता स्वीकार गरेको थियो ।

तर, अहिले भ्यूटावर मात्र अलपत्र परेन, यसको निर्माणमा समेत आर्थिक अनियमितता भएको महालेखा परीक्षकको २०७९ सालको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनमा भ्यूटावर बनाउने निर्माण व्यवसायीलाई नियम बिपरीत ६५ लाख ९८ हजार पेश्की दिएको पाइएको जनाएको छ ।

भ्यूटावर बनाउन नगरपालिकाले छ करोड ४५ लाख २६ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी निर्माण व्यवसायीसँग ३ करोड ७९ लाख ८६ हजार रुपैयाँको सम्झौता गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

हाल अलपत्र अवस्थामा रहेको भ्यूटावर परियोजना अघि बढाउने कि नबढाउने भनेर नगरपालिका नै दोधारमा रहेको छ । तर निर्माण व्यवसायीले लगेको पेश्की नियमसंगत नदेखिएको प्रतिवेदनले प्रष्ट भनेको छ ।

आगामी दिनमा संघीय सरकारबाट रकम आएमा बहुवर्षीय आयोजनाका रुपमा सञ्चालन हुने शर्त राखी निर्माण व्यवसायीसँग सम्झौता गरेको हुँदा बजेटको सुनिश्चितता नभएको प्रतिवेदनमा उल्लेख छ ।

अपजस आउने डरले तैँ चुप मै चुप

भ्यूटावर बन्नु अघि यसको अवधारणा र बजेट ल्याउन आफुले योगदान दिएको भनेर सार्वजनिक रुपमै जस लिन खोज्ने नेताहरु अहिले चुपचाप छन् ।

ठूलो बजेट र गौरवको आयोजना ल्याएको भनेर भ्यूटावरको जस लिन खोज्नेमा प्रदेश सांसद् राधा थापा र श्रीप्रसाद मैनालीबीच सार्वजनिक रुपमै विवाद हुने गरेको थियो ।

मेचीनगरका निवत्र्तमान प्रमुख विमल आचार्य पनि भ्यूटावर परियोजनाको जस लिन खोज्नेमै पर्छन् । नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजबादी पार्टीले भ्यूटावर ल्याउन आफ्नो पार्टी र नेताले पहल गरेको जिकीर गर्दै आएका थिए ।

तर अहिले भ्यूटावरले भुइँ नछाडेपछि अपजस लाग्ला भनेर कसैले पनि यो परियोजना ल्याउन आफ्नो योगदान थियो भनेर बोलेका छैनन् ।

पछिल्लो समाचार

काँकरभिट्टामा पुष्पलालको स्मृति दिवस

अघिल्लो समाचार

महिला जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.