२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भ्रमण खर्च बचाएर सदस्यलाई बाख्राको पाठो

साउन ९, २०७९, १०:२४ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ साउन । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ ले सदस्य लक्षित बृहत सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार मागुरमाडी सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा बाख्राको पाठा, ब्याग, हजारी, स्प्रे ट्यांकी वितरण गर्नुका साथै गुडिया तालिमका सहभागीलाई प्रमाणपत्र एवम् जनप्रतिनिधिलाई सम्मान एकसाथ सम्पन्न गरिएको हो ।

सहकारी संस्थाले २५ जना सदस्यलाई बाख्राको पाठा वितरण गरेको छ । विपन्न वर्गका सदस्यलाई लक्षित गरी बाख्राको पाठा वितरण गरिएको हो । यस्तै, ३५ जनालाई सिँचाइ हजारी, १० वटा स्प्रे ट्यांकी, १० जना विद्यार्थीलाई ब्याग तथा गुडिया र तालिममा सहभागी २९ प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

संस्थाले महिलालाई आत्मनिर्भर बनाउन गुडिया तालिम सञ्चालन गरेको थियो । सहकारी संस्थाले भ्रमण खर्च वापतको कार्यक्रम हटाएर सदस्यलाई राहत वितरण गरेको संस्थाकी अध्यक्ष संगीता थापाले जानकारी दिइन् । संस्थाकी अध्यक्ष थापाले बैठक भत्ता वापतको रकम पनि नलिई सदस्य हितमा लगानी गरेको उनले बताइन् ।

सोही अवसरमा संस्थाले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा सदस्य धनकुमार श्रेष्ठलाई सम्मान गरेको थियो ।

संस्थाकी अध्यक्ष संगीता थापाको अध्यक्षता तथा प्रमुख अतिथी नगरप्रमुख बुढाथोकीले महिलाहरुले सञ्चालन गरेको सहकारीले सामाजिक उत्तरदायित्व वहन गरेको बताए । उनले हरेक नागरिक उत्पादनमूलक क्षेत्रमा जोडिन आवश्यक रहेको बताए ।

उनलेले प्लाष्टिकमुक्त नगर बनाउने आफूहरुको योजना रहेको सुनाए । उनले त्यसको विकल्पमा यहीँ उत्पादित झोला बिक्री वितरण गरेर प्लाष्टिक विस्थापन गरिने बताए ।

कार्यक्रममा मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ का अध्यक्ष अमर लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारी संस्थाकी उपाध्यक्ष प्रतीक्षा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकला खवासले गरेकी थिइन् ।

पछिल्लो समाचार

महाबाणिज्य दुतलाई गुन्द्रीमै राखेर वडाध्यक्षले बुझाए ज्ञापनपत्र

अघिल्लो समाचार

एक्सेल बन्यो पहिलो प्रादेशिक बैंक

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.