६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकारहरुलाई नडराई कलम चलाउन ओलीको आग्रह

साउन ११, २०७९, ८:५४ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

बुधबार दिउँसो गृहजिल्ला झापाको बिर्तामोडमा प्रेस चौतारी आवद्ध पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दावी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गरेका छन् ।

“आज झुठ बोल्नेहरु, षडयन्त्र गर्नेहरु र लोकतन्त्र स्थापनाको आन्दोलनमा कुनै योगदान नभएकाहरु सत्ता र समाजमा हावी हुँदै गएका छन्,” उनले भने–“राज्यका सबै अंगहरु गलत दिशामा गलत ढंगले लागिरहेका छन्, यस्ता बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मीहरु निडर भएर मैदानमा उत्रिनु पर्छ ।”

सत्तापक्षीय गठबन्धन बाहेकका नियुक्तिहरु नगर्ने र नेकपा एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उनको आरोप थियो । उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे ।

नागरिकता विधेयक, एमसीसी र एसपीपीमा गठबन्धन सरकारले सरासर झुठ बोलिरहेको जिकीर गर्दै उनले नेकपा एमालेलाई लाञ्छित गर्न सरकारमा सामेल दलहरुले बेइमानी गरिरहेको दावी गरे ।

“एमसीसी अनुमोदन गर्दा ब्याख्यात्मक टिप्पणी एमसीसीको अंग बनिसकेको भनेर झुठ बोल्ने काम भयो,” पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले भने–“नागरिक बिधेयक एमालेले रोकेको थियो, हामीले ल्यायौं भनेर पनि जनकपुरसम्म पुगेर केही गठबन्धनका नेताले भाषण गर्नुभयो । पुरानो एसपीपी एमाले सरकारमा हुँदा छानविन गरेर रोकाइसकेको विषय थियो । अहिले सरकारले अर्को मस्यौदा ल्याएर गोलमाल गर्यो । एसपीपी रोकेको हो भने किन अमेरिकी सरकारलाई पत्र लेखिदैन ?”

अनेक तानाबाना गरेर नेपाललाई षडयन्त्रको अखडा बनाइएको भन्दै एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगतले सम्वेदनशील, सचेत र दृढ भएर कलम चलाउनु पर्ने उनको जोड थियो ।

“हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौं भने बेठिक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो,” उनले भने–“आज एक दिन पनि जेल नबसेका, आन्दोलनका कठिन दिनमा विदेशी पाहुना भएर बाहिर बाहिर बसेर उत्पात मच्चाएका र खास योगदान नभएकाहरु लोकतन्त्र र यसको अभ्यासलाई ख्यालठट्टा मानेर यी सबैकुरा केही होइनन् जस्तो गरेर राजनीतिक दलहरुको औचित्य र आवश्यकतामाथि प्रहार गर्न उद्यत भइरहेका छन् ।”

उनी काठमाडौंबाट बुधबारै झापा आएका हुन् । उनले बुधबारै बिर्तामोडमा आयोजित नेपाल उत्पीडित जातीय समाज झापाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन् । उनी विहीवार र शुक्रवार गृहजिल्लाका विभिन्न कार्यक्रममा व्यस्त रहने नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।

पछिल्लो समाचार

धर्मलाई विभेद गर्ने राज्यको नीति छैन : सांसद मैनाली

अघिल्लो समाचार

एसईईको नतिजा निरासजनक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.