मेचीनगर, १० साउन । नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रिय समितिको सातौँ वार्षिक साधारण सभा सोमबार मेचीनगर–५ स्थित माङहिम टोलमा सम्पन्न भएको छ ।
संघका केन्द्रीय अध्यक्ष हरिकुमार मगरको सभापतित्व तथा प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मैनालीले देश र समाज रुपान्तरणमा धार्मिक संघ–संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
धर्मले हरेक व्याक्तिलाई सहिबाटोमा डोर्याउने उनको भनाई थियो । हरेक व्याक्तिले आफ्नो कर्म अनुसारको फल पाउने बताउँदै जुनसुकै धर्मले पनि असल संस्कारको पालना गर्दै दिन दुःखीको सेवामा लाग्न अभिप्रेरित गर्ने गरेको उनले बताए ।
उनले देशमा लोकतन्त्रको स्थापनापछि राज्यले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण गरिहेको र कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति नरहेको स्पस्ट पारे ।
सो अवसरमा नागरिक संघको अवधारणका बारेमा टिकाराम आचार्यले प्रकास पार्दै जुनसुकै धर्ममा भएपनि बिचार परिवर्तन हुनु आवश्यक रहेको बताए ।
धर्मले समाजमा खासै प्रभाव नपार्ने तर असल विचार भएका व्याक्ति समाजमा उत्पादन भए देश र समाजले समृद्धि हासिल गर्ने उनले बताए । आफूलाई आस्थाकै आधारमा राज्यले दण्डित गरेको तीतो यथार्त स्मरण गर्दे आस्थाको आधारमा अब कसैलाई विभेद गर्नु नहुने उनको भनाई थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, राष्ट्रिय गिर्जाघर महागुठी नेपालका पदम पराजुली, डा.मंगलमान महर्जन, केदार खड्का, रेस्क्यू नेपालका डाइरेक्टर जयकुमार थापा लगायतले ख्रीष्टियन धर्मावलम्बीहरुलाई राज्यले अझै पनि विभेद गरिरहेको बताए । मण्डली तथा चर्जहरुलाई राज्यले गुठी संस्थामा दर्ता गर्नु पर्ने उनीहरुको माग थियो ।
सो अवसरमा अध्यक्ष मगरले अध्यक्षको प्रतिवेदन प्रस्तु गरेका थिए भने कोषाध्यक्ष आरती तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बिभिन्न व्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमलाई रोचक बनाउन एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष तामाङले गरेकी थिइन् ।
Discussion about this post