२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडलाई अभियानको सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

साउन २५, २०७९, ७:३५ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २५ साउन । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो ।

ध्यानाकर्षण पत्रमा यसो भनिएको छ–

‘झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड सहरको राजमार्ग, बजार, गल्ली र सार्वजनिक स्थलहरुबाट यही साउन पहिलो सातायता फोहोरमैला उठाउने कार्य ठप्प हुँदा यसबाट आम नागरिकको स्वास्थ्य र उपभोक्ता हितमा पर्ने नकारात्मक असर बारेमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

फोहोरमैलाको संकलन र उचित विसर्जन गर्ने मूल दायित्व स्थानीय नगरपालिकाको हो । नगरपालिकाले यस विषयमा हेलचेक्राई गर्दा हरेक नागरिकले स्वस्थ र सफा वातावरणमा जिउन पाउने हक अधिकारमाथि कुठाराघात भएको ठहर गर्दै अबिलम्ब फोहोरमैला उठाउने र उचित स्थानमा बिसर्जन गर्ने व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षणसहित जोडदार माग गर्दछौं ।’

साउनदेखि थुप्रियो फोहोर

बिर्तामोडमा साउन पहिलो सातादेखि सहरको फोहोरमैला उठेको छैन । एक निजी कम्पनीले विगतमा फोहोरमैला उठाउने गरेको भए तापनि सम्झौताको म्याद सकिएको कारण जनाउँदै उसले पनि काम गरेको छैन ।

ध्यानाकर्षण पत्र बुझ्दै विर्तामोड नगरपालिकाकी मेयर महतराले विसर्जन गर्ने डम्पिङ साइट सञ्चालन गर्दा नागरिक तहबाटै अवरोध पुर्याइने गरेका कारण फोहोरमैला उठाउन नसकिएको बताइन् ।

‘हामी पनि उत्तिकै चिन्तित छौं, दिनरात नभनी डम्पिङको खोजी गरिरहेका छौं,’ प्रमुख महतराले भनिन्–‘बल्लबल्ल फोहोर बिसर्जन गर्ने ठाउँ खोज्छौं, बाहिरदेखिका मानिस भेला भएर फोहोर राख्नै दिदैनन् ।’

फोहोरमैला व्यवस्थापनको कार्य बिर्तामोड नगरपालिका एक्लैले नसक्ने जनाउँदै उनले छिमेकी मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईले मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।

बिर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौलाले टालटुले समाधानको साटो फोहोरमैला व्यवस्थापनका लागि वरपरका पालिकाहरु मिलेर दीगो समाधानको उपाय खोज्नु पर्ने बताए ।

उनले बिर्तामोडको ८० प्रतिशत फोहोरमैला बाहिरबाट आएकाहरुले गरेको जिकीर गर्दै वरपरका पालिकाले विर्तामोडको दमकल प्रयोग गरे जस्तै विर्तामोडको फोहोर बिसर्जन गर्ने स्थानको खोजीमा सहकार्य हुनुपर्ने आग्रह गरेका छन् ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, जागरण अभियानका उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा, सहसचिव अनिता दाहाल, सदस्य धर्मेन्द्र गुप्ता, अर्जुन कार्की लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

च्याउमा आत्मनिर्भर बन्दै झापा

अघिल्लो समाचार

काँकरभिट्टा माविको अध्यक्षमा केरुङ

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.