मेचीनगर, ७ भदौ । अखिल नेपाल महिला संघ मेचीनगर समितिले तीज विशेष कार्यक्रम भव्यरुपमा मनाएको छ ।
मंगलबार धुलावारी स्थित पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा समितिले आयोजना गरेको तीज विशेष कार्यक्रममा दिवंगत जोगमाया थापासहित विभिन्न विधाका ६ जनालाई सम्मान समेत गरेको छ ।
तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने मेचीनगर १५ की थापालाई मृत्युपर्यन्त सम्मान गरिएको हो । सो सम्मान उनका छोरा प्रदिपकुमार थापाले ग्रहण गरेका थिए ।
प्रजातान्त्रिक एवम् नैसर्गिक अधिकारको मूल्य र मान्यतालाई सम्मानसहित राष्ट्रलाई सचेतना जगाउन २०५१ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष भएर संगठन विस्तारमा छुट्टै पहिचान बनाउन गरेको त्यागको उच्च मुल्याङ्कन गदैं उहाँलाई मृत्युपर्यन्त सम्मान गरिएको समितिले जनाएको छ ।
दिवंगत जोगमायाको राजनीति जीवनीका बारेमा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य भीम खवासले प्रष्ट पारेका थिए ।। सम्मान पत्र एमाले नेतृ कल्पना ओली सिटौलाले वाचन गरेकी थिइन् ।
यस्तै कार्यक्रममा नेकपा एमाले पार्टीका नेता कार्यकर्ताहरुलाई संरक्षण दिएर पार्टी निर्माणमा योगदान दिइएको भन्दैं देविमाया खवासलाई पनि सम्मान गरिएको थियो ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा र मेचीनगर नगरपालिकाका स्वास्थ्यकर्मी मिलन शेर्पालाई संयुक्तरुपमा सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटि मेचीनगर शाखाका अध्यक्ष कुसुम कोइराला र खेलकुदको माध्यमबाट नेपालको नाम अन्तरािष्ट्रय क्षेत्रमा चिनाउन सफल भएको भन्दैं मेनुका राउतलाई संघले सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रिय सचिव मेनुका काफ्ले, विशिष्ट अतिथिहरु संघका केन्द्रिय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेल लगायतले तीजको महत्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई लगायत महिला नेतृहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि काफ्ले, संघकी केन्द्रिय सदस्य लता प्रसाई र सुशीला दाहाल खतिवडाले कविता वाचन गरेका थिए ।
कार्यक्रममा नौमती बाजाको धुनमा सवैजना छमछमी नाचेका थिए । विभिन्न पकवान भोजन गराउनुका साथै तीजको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
अखिल नेपाल महिला संघ मेचीनगर कमिटी अध्यक्ष जानुका ओली न्यौपानेको अध्यक्षता, उपाध्यक्ष हेमा सिटौला शिवाकोटीले स्वागत र कार्यक्रमको सञ्चालन संघकी नगर सचिव अनिता गुरागाई र सहसचिव विनिता उराउँले संयुक्तरुपमा गरेका थिए ।
Discussion about this post