झापा, ७ भदौ । आजको बन्द झापामा शान्तिपूर्ण रहेको छ ।
मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द झापामा शान्तिपूर्ण रहेको हो ।
झापामा लामो तथा छोटो दूरीका सवारी साधनहरु आंशिक रुपमा प्रभावित भए भने संस्थागत विद्यालयहरु सबै बन्द रहेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति उल्लंघन गर्दै पक्राउ पुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेकपासहित चार वटा कम्युनिस्ट पार्टीले बन्दको कार्यक्रम घोषणा गरेका थिए ।
झापा बाहेक अन्य जिल्लामा धरकपड र केहि बन्दकर्ता पक्राउ परेका थिए । झापामा बन्द शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले बताए ।
Discussion about this post