७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘जनताको साथमा कांग्रेस’ को अभियान

भदौ ८, २०७९, ४:१६ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ८ भदौ । नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार यही भदौ १० गतेदेखि शुरु हुने अभियान तीन चरणमा सञ्चालन हुनेछ । जस अन्तर्गत भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरण, समानुपातिक उम्मेद्वारी दर्तापछि दोस्रो चरण र प्रत्यक्षतर्फको उम्मेद्वारी दर्तापछि तेस्रो अर्थात निर्णायक चरणको अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।

अभियान सञ्चालनका लागि यसअघि सम्पन्न केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ भने प्रदेश, जिल्ला, क्षेत्र, प्रदेशसभा र गाउँ–नगरबाट खटिएका प्रतिनिधिले वडा र टोल समितिसँगको समन्वयमा वडा र टोल केन्द्रित कार्यक्रमहरु गर्ने जनाइएको छ ।

मुख्य गरी जनताका गुनासा, सुझाव लिएर स्थानीय आवश्यकताका आधारमा पार्टी गतिविधि सञ्चालन गर्ने एवम् सरकारको नेतृत्व पार्टीले लिएको समयमा पनि जनआवश्यकताका आधारमा योजना निर्माण र कार्यान्वयन गर्ने लक्ष अभियानले लिएको छ ।

कांग्रेस केन्द्रीय समिति मातहत रहेका सबै तहगत संरचनाहरु, भातृ एवम् शुभेच्छुक संघसंस्थाहरु, संघीय र प्रदेश–जिल्ला सम्पर्क समितिहरु, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई पनि सक्रिय बनाउँदै सञ्चालन गरिने अभियानका क्रममा राजनीतिक, सामाजिक, मतदाता संवाद, विकास संवाद, युवा संवाद, महिला संवाद, दलित समुदायसँग संवाद, क्रियाशील सदस्यहरुसँग संवाद लगायतका कार्यक्रम निर्धारण गरिएका छन् ।

यसैगरी जनअपेक्षालाई सुन्ने, कांग्रेसले गरेका जनपक्षीय निर्णय र कार्यान्वयनबारे जानकारी दिने मुख्य उद्देश्य राखिएको अभियानका क्रममा ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट कार्यक्रम सम्मान, अग्रज सामाजिक व्यक्तित्व, शहीद परिवार, द्वन्द्वकालका घाइते, अवकाश प्राप्त शिक्षक÷कर्मचारी, पुराना किसान, नयाँ कृषि उद्यमी, साहित्यकार, खेलाडी, व्यवसायी लगायतलाई सम्मान कार्यक्रम पनि तय गरिएको छ ।
सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिदँै मतदातासँग सम्पर्क, समन्वय, संवाद गर्दै पार्टीका गतिविधिबारे जानकारी लिने, राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेण्डाबारे टोलबासीलाई सु–सुचित गर्ने लगायतका कार्यक्रम अभियानका लागि तय गरिएका छन् ।

देशव्यापी अभियान अन्तरगत झापाका लागि डा. डिला संग्रौला केन्द्रीय प्रतिनिधिका रुपमा आउने र भदौ ९ गते बस्ने कांग्रेस झापा जिल्ला समितिको विस्तारित वैठकले विभिन्न कार्यक्रम तय गरी केन्द्रीय निर्देशन अनुसार जिल्ला, क्षेत्र, प्रदेश, गाउँ–नगर, वडा एवम् टोलसम्म अभियान सञ्चालन गरिने कांग्रेस झापाका सभापति देउकुमार थेवेले जानकारी दिए ।

पछिल्लो समाचार

झापामा बन्दको आंशिक प्रभाव

अघिल्लो समाचार

काँकरभिट्टा मावि : २९ विद्यार्थी विरामी, क्यान्टिन सञ्चालक नियन्त्रणमा

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.