७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा क्षेत्र–१ ‘क’ बाट उम्मेद्वार बन्ने राजु कार्कीको घोषणा

भदौ १४, २०७९, २:१८ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ भदौ । नेकपा एमालेका युवा नेता राजु कार्कीले आगामी ४ मंसिरमा हुने प्रदेश सभाको चुनावका लागि झापा क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेद्वार बन्ने घोषणा गरेका छन् ।

उनले लोकतन्त्र पोस्टसँगको कुराकानीमा झापा क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेद्वार बन्ने इच्छा जाहेर गरेका हुन् । कार्की मेचीनगरका एउटा लोभलाग्दा र सशक्त युवा नेताका रुपमा परिचित छन् ।

मेचीनगर–६ काँकरभिट्टा निवासी कार्कीको अहिलेसम्मको राजनीतिक जीवन नेकपा एमालेमै व्यतित छ । उनी २०४९ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य थिए । कार्की ०५४ देखि ०६१ सालसम्म युवा संघ नेपालको जिल्ला कोषाध्यक्ष, सचिव, ०६४ सालमा २ पटक केन्द्रीय सदस्य र केन्द्रीय सचिव भइसकेका छन् ।

उनले ०५५ सालमा नेकपा एमालेको संगठित सदस्य प्राप्त गरेका थिए । कार्की लामो राजनीतिक अनुभव बोकेका नगरका एक सक्षम तथा सफल युवा व्यवसायीको रुपमा परिचित छन् । कार्की हाल एमाले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।
देश हाक्ने जिम्मा युवाहरुलाई दिनुपर्छ भन्दै क्षेत्र नम्बर १ का युवाहरुले युवा नेता कार्कीलाई उम्मेद्वार बनाउन पार्टीमा आग्रह गर्न थालेका छन् ।

यता सत्ता गठबन्धनको नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं. १ ‘क’ मा कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे, पुष्पराज पौडेल, गोपाल तामाङ, माओवादी केन्द्रका नेता माधव अर्याल र नेकपा एकीकृत समाजबादीका वीपी भट्टराई र सुभद्रा अर्यालको चर्चा चलिरहेको छ ।

एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मापदण्ड निर्धारण गरेको छ । एमालेको हालै बसेको केन्द्रीय कमिटी बैठकले मापदण्ड तयार पार्दै यहि २२ भदौभित्र उम्मेद्वार सिफारिस गर्न मातहतका निकायलाइ निर्देशन दिएको छ ।

एमालेले पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुन बमोजिमको योग्यता भएको व्यक्तिलाई उम्मेद्वार बनाउन सक्ने मापदण्ड तोकेको छ ।

बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेद्वारको सिफारिस गर्न निर्देशन गरेको छ ।

क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

गुरुङका अनुसार सिफारिस गर्दा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ । यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकालाई फेरि नदोहोर्याउने निर्णय पनि गरेको छ ।

पछिल्लो समाचार

मेचीनगरमा ‘चरा संरक्षित’ क्षेत्र घोषणा गर्ने योजना

अघिल्लो समाचार

दमकमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.