झापा, १४ भदौ । झापाको ‘सेतो बाघ’ भनेर चिनिने शक्तिशाली विकासप्रेमी नेता पूर्वमन्त्री एवम् नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी यसपटक गठबन्धनबाटै झापा क्षेत्र नं २ बाट उम्मेद्वार बन्ने सम्भावना छ ।
उनी उम्मेद्वार बन्ने मात्र हैन जित्ने समेत लगभग निश्चित रहेको झापाका कांग्रेसी र क्षेत्र नं २ का समर्थक मतदाताहरुको अनुमान छ । उनी उम्मेद्वार हुने चर्चासँगै स्थानीय मतदाता र कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।
अघिल्लो पटक क्षेत्र नं ४ बाट निर्वाचित बुढाथोकी ०७४ सालको निर्वाचनमा उम्मेद्वार भएका थिएनन् ।
पञ्चायत कालदेखि गणतन्त्र सम्म विभिन्न मन्त्रालय सम्हालेका स्वच्छ छविका अनुभवी मात्र हैन झापाका निकै लोकप्रिय नेता हुन् ।
झापाका नेपाली कांग्रेसका शक्तिशाली नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा, उपप्रधानमन्त्री एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र जनप्रिय एवम् शक्तिशाली नेताको रुपमा बुढाथोकी चिनिन्छन् ।
बुढाथोकी आफ्नो पार्टी इत्तरका मतदाताहरुले पनि रुचाएका नेताका रुपमा चिनिन्छन् । उनलाई मतदाताले रुचाउने मुख्य कारण हो उनी दल र समुह नहेरी आफूले गर्न सक्ने सहयोग सबैलाई गर्दछन् । उनीमाथि अहिलेसम्म कुनै पनि घोटाला वा भ्रष्टाचारको आरोप कसैले नलगाउनु पनि बुढाथोकीको प्लस पोईन्ट हो ।
झापाको विकासमा पनि उल्लेख्य योगदान दिएका बुढाथोकी यसपटक आफ्नै क्षेत्रबाट निर्वाचित भएर जनताको सेवा गर्ने ईच्छा रहेकाले दुई नम्बर क्षेत्रमै जान खोजेको बताउछन् । बुढाथोकीको लोकप्रियता, निर्वाचन जित्न सक्ने पात्र भएकाले झापा कांग्रेसले बुढाथोकीको नाम अघि सार्ने लगभग निश्चित भएको बुझिएको छ ।
युवा अवस्थामै विद्यार्थी हुँदा पञ्चायत कालमा पटक पटक जेल परेका बुढाथोकी कांग्रेसका स्वर्गीय सभापति गिरीजाप्रसाद कोइरालाकै निर्देशनमा युवक संगठनको झापा जिल्ला सभापति, प्रधानपञ्च हुँदै ४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य समेत जितेका थिए । २००१ सालमा जन्मिएका बुढाथोकी ४४ सालमा जलस्रोत सहायक मन्त्री बनेका थिए । त्यतिबेला नै उनले ७५ जिल्लामै सिञ्चाई कार्यालय खोलेका थिए ।
०५१ सालको चुनावमा एमालेका अहिलेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन हारेका बुढाथोकीले ०६४ सालको चुनाव जितेका थिए । त्यसपछि ०७० सालमा पनि उनले चुनाव जितेका थिए भने ०७४ मा चुनाव लडेका थिएनन् । ०७३ सालमा उनी ९ महिना सामान्य प्रशासन मन्त्री पनि बनेका थिए ।
अहिले पुनः क्षेत्रका मतदाता र कार्यकर्ताको चाहना र माग अनुसार बुढाथोकी मैदानमा उत्रिने तयारीमा छन् । उनलाई टिकट दिलाउन त्यस क्षेत्रका नेता तथा कार्यकर्ता लागि परेको बुझिएको छ ।
Discussion about this post