मेचीनगर, १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् ।
विहीबार गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा भाग लिन आइपुगेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको बयान रोक्न सक्ने बताएका हुन् ।
राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि बयान रोक्ने षड्यन्त्र भइरहेको ओली को भनाई छ ।
‘गठबन्धनले बयान रोक्न सक्छ’, अध्यक्ष ओलीले भने –‘कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’
राणाले परमादेशबाट ओलीलाई सत्ताच्युत गर्दा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए ।
राणाको बयान आज रोकिएको छ । यहि भदौ १९ गते पुनः बयानका लागि बोलाइएको छ । ओली भोलि दमक, गौरादह र गौरीगञ्ज गाउँपालिकाका विभिन्न ठाउँका कार्यक्रममा सहभागीका लागि आज झापा आएका हुन् ।
Discussion about this post