६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अब बलिदान होइन, राजनीतिक रुपान्तरणको खाँचो छ : महामन्त्री शर्मा

भदौ १७, २०७९, ८:४३ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

बाहुनडाँगी, १७ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब मुलुकमा थप बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो भएको बताएका छन् ।

झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको बाहुनडाँगीमा निर्मित सालिकको आज अनावरण कार्यक्रममा बोल्दै उनले मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता औल्याए ।

‘अब पुग्यो सहिद, पुग्यो सहादत,” शर्माले भने–‘अब कुनै पनि आमाबुवाले आफ्ना छोराछोरी गुमाउनु पर्ने अवस्था नआओस् ।’ सहिद विश्वनाथ र उनी जस्तै सहिदहरुको बलिदानले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता आइसकेको जनाउँदै शर्माले जनताको जीवनमा चाहिँ कहिले परिवर्तन आउने भनेर प्रश्न गरे ।

२०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले एक्लै पारी गोली हानेर नेपाली कांग्रेसका नेता, महामानव वीपी कोइरालाका प्रियपात्र एवम् तत्कालीन बाहुनडाँगीका जनप्रिय प्रधानपञ्च विश्वनाथ घिमिरेको हत्या गरेका थिए ।

तिनै घिमिरेलाई नेपाली कांग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको छ । तर सहादत भएको ६० वर्षपछि बल्ल सालिक निर्माण भएको हो । अञ्चलाधीशको आदेशमा घिमिरेलाई काम छ भनी चन्द्रगढी बोलाएर लैजाँदै गर्दा बाटैमा गोली हानेर हत्या गरिएको नेपाली कांग्रेसका पूर्व उपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।

सालिक निर्माणमा १४ लाख ६३ हजार ९४७ रुपैयाँ खर्च भएको सालिक निर्माण आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिए । सालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान दिएका थिए ।

अनावरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश नं. १ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबे लगायतले मन्तब्य राखेका थिए । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना उप्रेती, नेकपा एकीकृत समाजबादीकी सविता भण्डारी लगायतले सो अवसरमा धारणा व्यक्त गरेका थिए ।

शहिदका २ जना परिवारलाई अभिनन्दन गरिएको छ । जस्मा शहिदका स्व.जेठा छोरा ठाकुरप्रसादकी श्रीमति धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको थियो । अभिनन्दन पत्रको बाचन समाजसेवी शोभा श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा सहिद विश्वनाथ घिमिरेका नाति निरज घिमिरेले गरेका थिए भने सभापतित्व प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले गरेका थिए । सहिद घिमिरेका परिवारका सदस्यहरुको सो अवसरमा उपस्थिति थियो ।

कार्यक्रममा सहिदका परिवारहरु काइली छोरी भुवादेवी ढुंगाना घिमिरे, साइला छोरा भगिरथ घिमिरे, माइली बुहारी हेमकुमारी घिमिरे, कान्छी बुहारी राधिका घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

प्रधानन्यायाधीश चोलेन्द्रको बयान रोक्न सक्छन् : ओली

अघिल्लो समाचार

स्कुटर चढेर घर जाँदै गरेकी महिलाको हात्ती आक्रमणमा मृत्यु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.