मेचीनगर, २० भदौ । भावी प्रधानमन्त्रीको रुपमा पार्टीले घोषणा गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावका लागि एकल नाम सिफारिस भएको छ ।
सोमबार एमाले झापा क्षेत्र नं. ५ को क्षेत्रीय कमिटीले भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरिएका अध्यक्ष ओलीको नाम उम्मेद्वारको रुपमा सिफारिस गरेको हो ।
यता झापा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वारमा एमालेका तर्फबाट ४ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्रीय कमिटी बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, बिर्तामोडका निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी र सांसद पवित्रा निरौला खरेलको नाम सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
Discussion about this post